घरेलु मदिरा ब्रान्डीङ गर्ने पञ्चदेवल विनायक नगरपालिकाको नीति 

Purnima Mobile
Kirci Gyan Kendra

अछाम — अब गाउँघरमा लुकीछिपी बन्ने घरेलु मदिरा कानुनी रुपमा ब्रान्ड बनेर बजारमा आउनेछ । अछामको पञ्चदेवल विनायक नगरपालिकाले ऐन पारित गर्दै, घरेलु मदिरा उत्पादन, व्यवस्थापन तथा नियमन गर्ने जनाएको हो ।

Samajik New Add 2082

नगरपालिकाको १४औं नगरसभाबाट पारित “घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन”ले घरेलुस्तरमा बनाइने कोदो, मकै, जौ लगायतका सामग्रीबाट बन्ने मदिराको गुणस्तर परीक्षण गरी ब्रान्डिङ गर्ने बाटो खोलिएको हो ।

Mellekh RM1
Saud Agro Kailash

नगरप्रमुख अम्बिका चलाउने भन्छिन्, “हामी मदिरालाई नकारात्मक होइन, व्यवस्थित ढंगले रोजगारी र व्यवसायको स्रोत बनाउनेतर्फ लागेका छौं।” उनले जनजातीय परम्परासँग जोडिएको मदिरालाई सम्मानका साथ व्यवस्थापन गर्न ऐन आवश्यक रहेको बताइन् ।

रोजगार संयोजक भरतराज अधिकारीका अनुसार, अब गुणस्तरीय मदिरा उत्पादनलाई दर्ता प्रणालीमा ल्याई साना उद्योगको रूपमा विकास गरिनेछ। कार्यविधि र नियमावली निर्माणको तयारी भइरहेको उनले जानकारी दिए ।

नगर उपप्रमुख हर्क बहादुर रावलका अनुसार, अब लुकीछिपी हुने कारोबार घट्नेछ भने, दर्ता प्रक्रिया र कर प्रणाली मजबुत हुँदै स्थानीय उत्पादनले आयआर्जन र रोजगारीको नयाँ बाटो खोल्नेछ ।

यस ऐन अन्तर्गत अवैध रुपमा मदिरा उत्पादन तथा बिक्री गर्नेहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान पनि रहेको छ । -achhamtodya

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.