‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा

Kirci Gyan Kendra

धनगढी : साक्षरताको सुनिश्चिततासँगै सुदूरपश्चिम प्रदेशलाई आज ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज धनगढीमा आयोजित समारोहमा साक्षर सुदूरपश्चिम प्रदेश घोषणा गरेका हुन् । सो अवसरमा उनले सूचना र प्रविधिले फड्को मारेको वर्तमान परिप्रेक्ष्यमा समयानुकूल शिक्षाको खाँचो रहेको बताए ।

Samajik New Add 2082
Saud Agro Kailash

१५ वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता ९५ प्रतिशतभन्दा माथि पुगेपछि प्रदेशलाई साक्षर घोषणा गरिएको हो । ९५ प्रतिशतमाथि साक्षरता प्रतिशत पुगेमा साक्षरता घोषणा गर्न सकिने नीति छ । शिक्षा विकास निर्देशनालय दीपायलका महानिर्देशक दुर्गादत्त विष्टका अनुसार प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका १६ लाख २३ हजार ७१९ जनसङ्ख्याको ९६ दशमलव १९ प्रतिशत साक्षर भइसकेका छन् । उनले भने, “साक्षरताका लागि तोकिएका १२ वटा मापदण्डमध्ये ६ मापदण्ड पूरा गरेमा सम्बन्धितलाई साक्षरताको प्रमाणपत्र दिन सकिन्छ, वडा, पालिका, जिल्लालाई क्रमशः साक्षर घोषणा गरिसकेपछि आज प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।”

प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा पहिले दार्चुला साक्षर जिल्ला घोषणा गरिएको थियो । सबैभन्दा पछि साक्षर जिल्ला घोषणा डोटी जिल्लालाई गरिएको थियो। यो उमेर समूह (१५ देखि ६० वर्ष) प्रदेशको कैलालीमा ९६ दशमलव २०, कञ्चनपुरमा ९६ दशमलव २१, अछाममा ९५ दशमलव ५५, डोटीमा ९६ दशमलव ५५, बाजुरामा ९७ दशमलव ३१, बझाङ ९५ दशमलव ६०, डडेलधुरामा ९६ दशमलव आठ, बैतडीमा ९६ दशमलव ५३ र दार्चुला जिल्लामा ९५ दशमलव ४० प्रतिशत जनसङ्ख्या साक्षर भइसकेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

यसअघि प्रदेशका सबै नौ जिल्लालाई क्रमशः साक्षर जिल्ला घोषणा गरिएको थियो । नेपाल सरकारको साक्षर नेपाल वर्ष २०७६ अवधारणा पत्र बमोजिम साक्षर वडा, स्थानीय तह र जिल्ला तथा प्रदेश साक्षर घोषणा गर्ने नीति अनुरूप २०७१ असारमा साक्षर जिल्ला घोषणा गर्ने पहिलो जिल्ला सिन्धपाञ्चोक हो। देश भरी हालसम्म ६६ जिल्ला साक्षर घोषणा भइसकेका छन् । -dineshkhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.