रामारोशनको विकासका लागि सबै एकजुट हुनुपर्छः सरोकारवाला

Kirci Gyan Kendra

कमल रावल:

Samajik New Add 2082

रामारोशन गाउँपालिकाका सरोकारवाला तथा राजिनितिक दलका प्रतिनिधिले पालिकाको समग्र बिकासका लागि एकमत भएर अघि बढ्ने बताएका छन । पालिकाको समग्र बिकासका लागि एक अर्कालाई दोष थुपार्नु भन्दा सबैले अपनत्व ठान्दै एक भएर अघि बढनु पर्नेमा जोड् दिएका हुन । रामारोशन गाउँपालिकाले आर्थिक बर्ष २०८१।०८२ मा भए गरेका कामको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सरोकारवाला तथा राजिनितक दलका प्रतिनिधिले स्थानिय सरकारले गर्ने कामलाई पारदर्शी बनाउनका लागि सार्वजनिक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड् दिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकका प्रश्न तथा राजनितिकदलका प्रतिनिधिको सुझावको उत्तर दिदै गाउँपालिकाका अध्यक्ष मान बहादुर साउँदले गाउँपालिकाको बिकासका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो । नियमित सडक संचालन, विद्युत विस्तारका लागि प्रदेश देखि केन्द्रसम्म आफुले धाइरहेको बताउदै सबै राजनितिक दललाई सहयोग गरिदिन समेत आग्रह गर्ने भयो । आफु जहिले पनि पालिकाको बिकासका लागि लागेकाले राजनितिक रुपमा लाग्ने आरोप निराधार भएका बताउनु भयो ।

Saud Agro Kailash

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिको प्रश्नको जवाफ दिदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारीले पालिकाका सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन लागि परेको बताउनु भयो । रामारोशन गाउँपालिकामा थालनी गरिएको शैक्षिक जागरण अभियान परिणाममुखी नै हुने दाबि गर्नु भयो । सुरुवाती चरणमा सिकाई उपलब्धी कम हुदै गएपनी केही बर्षपछी उत्कृष्ट नतिजा पालिकाको आउने बताउनु भयो ।

कृषि, पशु लगाएत अन्य शाखाका कर्मचारी वडा तथा पालिकामा खटेर लागि परेकाले आगामी दिनमा अझै नागरिक प्रति उत्तरदायि बनाउँदै लैजाने बताउनु भयो । गत विगतका बर्षमा सार्वजनिक सुनुवाई कार्यक्रम रोकिएता पनि आगामि दिनमा एक आर्थिक बर्षमा नागरिकका माझमा पालिकाका सेवा प्रष्ट हुने गरि दुई पटक सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

पालिकामा आर्थिक बर्ष २०८१।०८२ मा चालु तर्फ कुल खर्च ३६ करोड ४५ लाख ३४ हजार ९ सय ६१ र पुजिँगत तर्फ खर्च ९ करोड २० लाख २६ हजार ४ सय २८ गरि जम्मा कुल खर्च ४५ करोड ६५ लाख ६१ हजार ३ सय ८९ बराबरको आयव्यायको प्रतिवेदन लेखा शाखा प्रमुख विवेक तिमिल्सैनाले प्रस्तुत गर्ने भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक २०८१।०८२ मा पालिकाका ५ वटा विषयगत शाखा अन्तरगत १३ वटा पालिकाका ईकाई मार्फत प्रवाह भएका सेवाका बारेमा सहभागिलाई जानकारी गराईएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली काग्रेसका गोपी प्रसाद खनाल, नेकपा एमालेका नरेन्द्र साउँद, नेकपा माओवादी केन्द्रका पहल साउद, नेकपा एकिकृत समाजवादीका तारा प्रसाख खनालले सुझाव सहितको मन्तव्य राख्नु भएको थियो । गाउँपालिका उपाध्यक्ष सिर्जना बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पंजिकरण तथा राजस्व शाखा प्रमुख दल बहादुर साउँदले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.