
सुर्यज्याेती लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड मङ्गलसेन शाखा प्रमुख गणेश बहादुर साउदले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री सहयोग गर्नुभएको छ ।

उहाँले बाल कल्याण आधारभूत विद्यालय बान्नीगढी जयगढ गाउपालपका ६ दर्ना, काडाकोटका २५ जना जेहेन्दार तथा असहाय विद्यार्थीलाई सहयोग गर्नुभएको हाे ।

जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई सदुपयोग गर्ने तथा समाजमा सकारात्मक सन्देश दिनका लागि विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको साउदकाे भनाइ छ ।
जन्मदिनको अवसरमा विद्यार्थीलाई कापीकलम लगायत शैक्षिक सामग्री सहयोग गरेकाेमा युवा समाजसेवी साउदलाई विद्यालय परिवारले धन्यवाद सहित शुभकामना व्यक्त गरेकाे छ ।



