पोखरेल, ज्ञवाली र पाण्डे विद्याको पक्षमा रहेको स्पष्ट सन्देश

Purnima Mobile
Kirci Gyan Kendra

काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले बिहीबार नयाँ बानेश्वरको थापागाउँस्थित लाखेचौर मार्गमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरिन् ।

Samajik New Add 2082

जुन कार्यक्रममा भण्डारीमात्रै होइन, नेकपा एमालेका १९ पदाधिकारीमध्ये ३ जना उपाध्यक्षहरू सहभागी भए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त सम्बोधन नै गरे भने अर्का दुईजना एमाले उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे अतिथिका रूपमा सहभागी भएपनि सम्बोधन भने गरेनन् । जुन उपस्थितिले पोखरेल, ज्ञवाली र पाण्डे विद्याको पक्षमा रहेको स्पष्ट सन्देश दिएको छ ।

Mellekh RM1

नेता पोखरेलले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) को चर्चामात्रै गरेनन्, पार्टी लोकतान्त्रिकरणको प्रसङ्ग पनि निकाले । उनले बिहीबारको कार्यक्रम सानो भएपनि यसको अर्थ ठुलो लाग्ने भन्दै प्रशंसा गरे ।

‘यो कार्यालय आउने दिनमा मदन भण्डारीका योगदान र भूमिका आम नेपाली जनता तथा विश्व रङ्गमञ्चमा पुर्‍याउने उद्देश्यले स्थापना गरेको मैले बुझेको छु’, पोखरेलले भने,‘झट्ट हेर्दा सानो तर महत्वका हिसाबले यो ठुलो कार्यक्रम हो ।’

ज्ञवाली र पाण्डे विद्यालाई सक्रिय राजनीतिमा आउने बाटो बन्द गर्नु हुँदैन भन्ने पक्षमा पार्टीभित्र मत राख्दै आएका छन् । सोही अनुसार उनीहरूले फरक मत दर्ज नै गरिसकेका छन् ।

Saud Agro Kailash

जबकि भण्डारीलाई एमालेले पार्टी राजनीतिमा फर्किन वैधानिक रूपमै निषेध गर्ने तयारी गर्दैछ । साउन पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले विद्याको पार्टी सदस्यता निष्क्रिय बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनले आधिकारिकता दिनेछ । यही बुझेर जननेता ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयमार्फत विद्याले आफ्नो राजनीतिक गतिविधि अघि बढाउने प्रयास थालेकी हुन् ।

व्यवस्थापन समितिका संयोजक पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायतका एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पेसागत महासंघका अध्यक्ष पुण्य ढकाल, संविधानसभा सदस्य विकास लम्साल, कृष्णप्रसाद दाहाल, स्थायी कमिटी सदस्य कर्ण थापालगायत सहभागी थिए ।

आफ्ना समर्थकहरू सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै विद्या भण्डारीले ठुला दलहरूले राजनीतिक प्रणालीलाई सिस्टममा हिँडाउन नसकेको तथा जनचाहाना अनुसार काम गर्न नसकेको टिप्पणी गरिन् । त्यति मात्रै होइन उनले एमालेले मार्गदर्शन सिद्धान्तको रूपमा जबजलाई लिएपनि त्यसको मर्म र भावना अनुसार काम भएनभएकोबारे विश्लेषण गर्ने बेला भएको बताइन् । ‘त्यसको मर्म र भावना अनुसार काम भएको छ कि छैन समीक्षा गर्ने बेला भएको छ’, भण्डारीको भनाइ छ ।

उनले २०४७ को परिवर्तनपछि एमाले निरन्तर सरकारमा रहेको भन्दै उनले भनिन्,‘सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्न हो। त्यो अनुसार हामीले काम गर्न सक्यौँ कि सकेनौँ ?’

सरकार, एमाले र ठुला दलको कार्यशैलीमाथि प्रश्न गरेकी भण्डारीले आफ्नो संगठित सदस्यतामाथि नै प्रश्न उठाइएकोमा गुनासो गरिन् । ‘म निरन्तर काम गरिरहन्छु । हुन त मेरो सदस्यताको बारेमा प्रश्न उठेको छ, साथीहरू नेता भन्छन् । तर मेरो संगठित सदस्यताकै प्रश्न उठाएको छ, यो च्यासलले’, भण्डारीले थपिन्, ‘नेकपा एमाले अहिले भयो । मैले माले कालदेखि नै सदस्य लिएको हुँ ।’ उनले ०३७ सालमै सदस्यता लिएको भन्दै अहिले त्यो समय ४५ वर्ष पुगेको दोहोराइन् । उनले आफू पनि आलोचनाभन्दा बाहिर नरहेको बताउँदै तथ्यको आधारमा आलोचना गर्नुपर्नेमा एमाले नेतृत्वलाई भण्डारीले आग्रह गरिन् । भण्डारीले आफू एमाले कार्यकर्ता नै भएर काम गर्ने अडान राख्दै जवजको मर्म र भावनालाई आत्मसात् गर्न नछाड्ने दोहोराइन् ।

‘म आलोचनाभन्दा बाहिर छैन । आलोचना गर्न सक्नुहुन्छ, तर तथ्यको आधारमा हुनुपर्छ’, भण्डारीले भनिन्, म नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु, र गरिरहन्छु,’ भण्डारीले भनिन्, ‘नेकपा एमालेले जुन मार्गदर्शन सिद्धान्तको रूपमा जबजलाई लिएको छ, त्यसको मर्म र भावनाको आधारमा काम गर्ने हो ।’

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.