
दान बहादुर धामी स्मृति प्रतिष्ठान मंगलसेन ४ ले जिल्ला अस्पताल अछाम र धर्मेश्वर पोलिक्लिनिकका विरामीहरूलाई फलफूल वितरण गरेको छ ।

प्रतिष्ठानले स्वर्गीय धामीको २४ औ स्मृति दिवसको अवसरमा जिल्ला अस्पताल अछामका ३१ जना, धर्मेश्वर पोलिक्लिनिकका ७ जना गरि ३८ जना विरामीलाई फलफूल वितरण गरेको छ भने षोडशा माध्यमिक विद्यालयमा अध्यानरत १४ जना टुहुरा बालबालिकालाई पनि वितरण गरिएको प्रतिष्ठानका सचिव दिलीप केसीले बताउनुभयो ।


फलफूल वितरण कार्यक्रम पश्चात् आयोजना गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख पदम बहादुर बोहराले यो समाजका लागि योगदान पुर्याउनुभएका व्यक्तिहरूको सम्झनामा यस्तो रचनात्मक कार्यक्रम गर्नुभएकोमा प्रतिष्ठानलाई धन्यवाद दिदै धन्यवाद दिनुभएको छ ।
व्यक्ति मरेर गएपनि उसले गरेका कामलाई स्मरण गर्ने दिनका रूपमा स्मृति दिवस मनाउने भएकाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता सुझाव दिनुभएको छ ।
फलफूल वितरण कार्यक्रममा नेकपा एमाले अछामका पुर्व अध्यक्ष चन्द्र बहादुर बोहरा, वडा अध्यक्ष नाम सिंह धामी, प्रतिष्ठानका अध्यक्ष पदम बहादुर धामी, समाजसेवी पुस्प कठायत लगायतको सहभागीता रहेको प्रतिष्ठानका सचिव दिलिप केसीले जानकारी दिनुभएको छ । प्रतिष्ठानले जिल्लामा यस्ता सामाजिक कार्यहरू गर्दै आएको छ । कम्युनिस्ट नेता स्वर्गीय धामी नेकपा एमालेका प्रखर नेताका रुपमा चिनिनुहुन्थ्याे भने कम्युनिस्ट जगाउनका लागि अग्रमाेर्चामा रहनुभएकाे थियोे । स्वर्गीय धामी २०४९ मा मङ्गलसैन गाविकाे निर्वाचित अध्यक्ष समेत हुनुहुन्थ्यो ।
