
अछाम: मङ्गलसैन १० जुपुमा बस दुर्घटना हुदा ५ जना घाइते भएका छन । जुपु लुगाडाबाट मंगलसेन तर्फ आउदै गरेको सुप. प्र. ०१-००१ ख २८६६ नम्बरको गाडि मनपा १० लुगाडा अैधारो खोलामा दुर्घटना हुदा चालक सहित ४ जना अन्य घाइते भएका हुन ।


घाइते हुनेहरुमा बस चालक ३६ वर्षिय भक्त बुढा, वडानम्वर १० लुगाडा टाेलका बालक उमेश कडायत, रोशन रावल, विरेन्द्र रावल र अंकित विक रहेका छन । उनिहरु सवैकाे जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ ।

शनिबार बेलुका करिब ५ बजे दुर्घटना भएको बस सडकबाट ६५ मिटर तल खसेको जनाईएकाे छ ।
