विप्लवलाई माधव सापकोटाको आग्रह : विलम्ब नगरी तत्काल पार्टी एकता गरौँ

Purnima Mobile
Kirci Gyan Kendra

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता माधवप्रसाद सापकोटाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई विलम्ब नगरी पार्टी एकता गर्न आह्वान गरेका छन् । आगामी निर्वाचनमा भाग लिने उद्देश्यसहित मङ्गलवार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका विप्लवलाई बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टी एकतामा आउन उनले आग्रह गरेका हुन् ।

Samajik New Add 2082
Saud Agro Kailash

विगतमा बुलेट कि ब्यालेट भनेर लामो र गम्भीर बहससमेत भएको भन्दै उनले अन्ततः विचार नमिलेर पार्टी विभाजित भएको स्मरण गरेका छन् । तत्कालीन अवस्थामा विप्लव नेतृत्व तहमा नभए पनि पार्टी विभाजनमा निर्णायक भूमिकामा रहेकाे समेत सापकोटाले आरोप लगाएका छन् ।

Mellekh RM1

‘तत्कालीन स्थितिमा रूप पक्षमा तपाईंभन्दा सिनियर कमरेडहरू अरु नै देखिए पनि सारमा तत्कालीन विभाजनमा तपाईं करिब निर्णायकजस्तै भूमिकामा हुनुहुन्थ्यो। तत्कालीन विभाजनमा तपाईंसँगै रहनुभएका कमरेडहरूको ठुलो हिस्सा विभिन्न चरणमा त्यही निर्णय गरेर हाल माओवादी पार्टीमा सक्रिय हुनुहुन्छ’, उनले लेखेका छन्– ‘तपाईंको यो कदममा अन्य भित्री चालबाजी छैन र तपाईंले नै भने जस्तै ‘समग्र सङ्घर्षको मोर्चा’ को रूपमा इमानदारीपूर्वक आत्मसात् गरेको हो भने त्यो मोर्चा त्यतिबेला मात्र सफल र सम्भव छ, जतिबेला नेपालमा बलियो कम्युनिस्ट केन्द्र निर्माण हुन्छ । त्यसैले विलम्ब नगरी तत्काल पार्टी एकता गरौँ ।’ -Ratopati

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.