नजिकिँदै एनपीएल– जेनजी आन्दोलनले असर पार्न सक्छ ?

Purnima Mobile
Kirci Gyan Kendra

काठमाडौं । पहिलो संस्करणले भव्य सफलता पाएपछि यस वर्ष मंसिरमा हुने तालिका रहेको नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी पुनः सुरु भइसकेको छ ।

Samajik New Add 2082

प्रतियोगिताका निम्ति नेपाली खेलाडीको अक्सन भइसक्दा प्रतियोगिताका आठ टिमले अहिले क्लबहरूले धमाधम विदेशी खेलाडी भित्र्याइरहेका छन् । अझ, दैनिकजसो नै क्लबहरूले विभिन्न प्रायोजकहरूसँग प्रायोजन सम्झौता गरिरहेका छन् ।

Mellekh RM1

यता, प्रतियोगिता आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पेजबाट ‘काउनडाउन’ सुरु गरिसकेको छ । एनपीएलकै निम्ति कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई १० हजार प्यारापिट र फ्लडलाइटसहितको रंगशालामा परिणत गर्ने काम पनि भइरहेको छ । मंसिर १ गतेदेखि २७ गतेसम्म प्रतियोगिताका सबै खेलहरू कीर्तिपुरमा नै हुने तालिका छ ।

तर, जेनजी प्रदर्शनपछि देशमा सुरक्षा चुनौती बढेको विश्लेषण भइरहेको छ । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरकै सरकारी कार्यालय र सुरक्षा निकायका संरचना निसानामा परेका थिए । त्यस क्रममा अधिकांश प्रहरी चौकीबाट हतियार लुटिए, सुरक्षाकर्मी कुटिए ।

Saud Agro Kailash

प्रदर्शनकै क्रममा ठूला र साना गरी करिब ११ सय हतियार लुटपाट भएको थियो । त्यस्तै, देशभरका कारागारबाट साढे १४ हजार कैदीबन्दी भागे । भागेकामध्ये अझै पनि करिब नौ हजार कैदीबन्दी फुक्काफाल छन् । लुटपाट भएकामध्ये करिब ९०० हतियार अझै पनि प्रहरीले फेला पार्न सकेको छैन ।

जेनजी प्रदर्शनपछि नेपालमा हुन लागेको सबैभन्दा ठूलो इभेन्ट नै एनपीएल हो । प्रदर्शनपछि सिर्जित असामञ्जस्यता नहट्दा प्रतियोगिताको सुरक्षा चुनौती बन्न सक्नेतर्फ चिन्ता बढिरहेको छ ।

क्यानका प्रवक्ता छुम्बी लामा पनि प्रतियोगितामा सुरक्षा चुनौती रहेको स्वीकार्छन् । तर, उनी यसका निम्ति आवश्यक समन्वय भइरहेकोले प्रतियोगिता सभ्य र भव्यरूपमा सम्पन्न हुने जिकिर गर्छन् ।

“पक्कै पनि सुरक्षा चुनौती त छ नै । तर, हामीले यसअघि खुला मैदान हुँदा पनि सक्दो प्रयास गरेर प्रतियोगितालाई सहज र सुरक्षित तवरले सम्पन्न गर्‍यौँ । प्रदर्शनपछि विकसित घटनाक्रमलाई क्यानले पनि नियालिरहेको छ,” प्रवक्ता लामाले बाह्रखरीसँग भने, “सुरक्षाको प्रत्याभूतिका निम्ति हामीले सुरक्षाका सबै निकायहरूसँग आवश्यक समन्वयको काम सुरु पनि गरेका छौँ । त्यसपछि नेपाली समर्थक आफैँ पनि खेलप्रेमी र धेरै हदसम्म सजग छन् ।”

यता, नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरे पनि प्रतियोगिताका दौरान परिस्थिति हेरेर सुरक्षाकर्मीको संख्यामा बढावा हुन सक्ने बताउँछन् ।

“यो पहिलोपटक भएको होइन । गत वर्ष पनि भएकै हो । हामीले प्रदर्शनपछिको स्थितिलाई नियालिरहेका छौँ । एनपीएलका निम्ति थप सुरक्षा योजना बनाइरहेका छौँ । हामीले प्रतियोगिताको केही दिनअघि स्थितिलाई विश्लेषण गरेर सुरक्षाका उपाय अपनाउँछौँ । आवश्यकताअनुसार पहिलेको भन्दा थप सुरक्षाकर्मी परिचालन गर्नेछौँ,” डीआईजी घिमिरेले भने । -बाह्रखरी

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.