जनार्दनबारे प्रचण्डको टिप्पणी- बैठकमा आफ्नो कुरा राखेर उठेर हिँड्ने शैली अराजक

Kirci Gyan Kendra

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दन शर्मालाई अराजकको संज्ञा दिएका छन्।

Samajik New Add 2082
Saud Agro Kailash

सचिवालय बैठकपछि आफ्नो कुरा राखेर बैठकबाट हिँड्ने शर्माको शैली अराजक भएको बताए। केन्द्रीय कमिटी बैठकसम्म आइपुग्दा जनार्दन पनि एकै हुने जिकिर गरे।

उनले भने, ‘बैठक राम्रोसँग सुरु भएको थियो, उहाँले आफ्नो कुरा राखेर उठेर हिँड्नुभयो, त्यो शैली उहाँको नराम्रो हो। त्यो कसैलाई मनपर्ने शैली होइन। उहाँले अराजक आरोप लगाउनुभयो।’

उनले नेकपा एससँगको एकता हप्तादिनभित्र हुने बताए। -Nepalpress

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.