पवन मधुश्रीकाे ‘धर्तिकाे स्वर्ग’ : बडिमालिकाको नगर गीत (भिडियो सहित)

Purnima Mobile
Kirci Gyan Kendra

बाजुरा : बडीमालिका नगरपालिकाको सांस्कृतिक पहिचान र प्राकृतिक सौन्दर्यलाई गीत मार्फत् उजागर गर्दै गायक तथा शब्द रचनाकार पदम बहादुर माझी (पवन मधुश्री)ले “धरतीको स्वर्ग नामक बडिमालिका नगर गित बजारमा ल्याएका छन् । यो गितले बडीमालिकाको सभ्यता झन उज्यालिएको छ । बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत समेत रहेका उनले समधुर शब्द र मधुर आवाजले बडीमालिकाको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई आकर्षक रूपमा प्रस्तुत गर्दै गित बजारमा ल्याएका हुन ।

Samajik New Add 2082

गीतमा बडिमालिकाको ऐतिहासिक महत्त्व, धार्मिक आस्था, उच्च पहाडको रमाइलो दृश्य, चिसो हावा, हरियाली जंगल र स्थानीय संस्कृतिको सौन्दर्य समेटिएको छ । पछिल्लो समय तीक्ष्ण रूपमा विकास हुँदै गरेको बडिमालिका नगरपालिका पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दै गएको छ । सुक्रबार गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बडिमालिकाको पर्यटकीय चर्चा झनै बढेको छ । स्थानीय नगरबासीले यसरी तयार पारिएका कलासंस्कृतिले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने बताएका छन् ।

Mellekh RM1
Saud Agro Kailash

‎सांगीतिक क्षेत्रका बातशाह मधुश्रीले प्रस्तुत गरेको गीतले “बडिमालिका केवल भूगोल मात्र होइन, भावना र पहिचान पनि हो” भन्ने सन्देशलाई प्रभावकारी ढङ्गले उजागर गरेको छ । गीतले बडिमालिका पुग्ने यात्रुहरूलाई प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा सांस्कृतिक अनुभूति दिलाउने स्थानीयको विश्वास छ । गीतमार्फत बडिमालिकालाई केवल भौगोलिक पहाड होइन, जीवित संस्कृतिका रूपमा चित्रण गर्ने गितकार तथा शब्द रचनाकार पवन मधुश्रीले बताएका छन् ।
‎“कुनै पनि गन्तव्यलाई चिनाउन प्रचार चाहिन्छ। तर बडिमालिकालाई मधुश्रीका शब्दले नै प्रमोट गरिदिएको नगरबासीले बताएका छन् ।” यो गीत बजारमा आएपछी बडिमालिका नगरपालिका र वरपरका गाउँहरूमा उत्साहको एक नयाँ लहर छ । उक्त गीतको शब्द रचना पवन मधुश्रीले गरेका छन् । भने गितको आवाज गायक राजेन्द्र बाजुरेली, पवन मधुश्री र पम्फा कंडेलको रहेको छ । त्यस्तै एरेन्ज बिनोद बाजुरेली, मिक्सिङ खडक बाजुरेलीले गरेका छन् । उक्त गीत शुक्रवार बडीमालिका नगरपालिकामा एक औपचारिक कार्यक्रमका विच विमोचन गरिएको छ । सो गित बडीमालिका म्यूजिक अफिसियल च्यानलबाट सार्वजिक गरिएको हो ।  © kerninews

भिडियोमा हेर्नुहाेस पवन मधुश्रीद्वारा रचित बडिमालिकाकाे नगर गीत “धर्तिकाे स्वर्ग”

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.