मङ्गलसैनमा काेसेली घर सञ्चालन: स्थानीय उत्पादनको प्रवर्द्धन र बजारिकरणकाे लक्ष्य

Kirci Gyan Kendra

अछाम:– स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणलाई लक्षित गर्दै मंगलसेनमा कोसेली घर सञ्चालनमा ल्याइएको छ। मङ्गलसैन सामुदायिक सिकाइ केन्द्र र नगरपालिकाको सहकार्यमा सञ्चालनमा ल्याईएकाे कोसेली घर मंगलसेनको खुलामञ्च नजिकैको सामुदायिक सिकाइ केन्द्र परिसरमा स्थापना गरिएको हाे ।

Samajik New Add 2082

‎स्थानीयस्तरमा उत्पादन हुने परम्परागत तथा जैविक वस्तुहरूलाई एकै स्थानमा उपलब्ध गराई नगरमा आउने आगन्तुकलाई उपहारस्वरूप लैजान सहज होस् भन्ने उद्देश्यले बिक्री कक्ष संचालन गरिएको नगरपालिकाले जनाएको छ।

कोसेली घरमा अछाम जिल्लामा उत्पादन हुने चामलका विभिन्न जात, फलफूल, चोय–चित्राका सामग्री, कोदो, फापर, मकै, टिमुर, ओखर, शुद्ध घिउ, मह लगायत स्थानीय उत्पादन राखिएका छन् । अब लोपोन्मुख खाद्यबस्तु तथा स्थानीय उत्पादनलाई पनि क्रमशः संग्रह गरी यही केन्द्रबाट बिक्री–वितरण गरिने जानकारी गराइएको छ ।

आईतबार सम्पन्न उद्घाटन कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ३ का अध्यक्ष बृखबहादुर बोगटीको अध्यक्षता तथा नगर प्रमुख पदमबहादुर बोहराको प्रमुख आतिथ्यता रहेको थियो।

Saud Agro Kailash

‎कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले कोसेली घरलाई जिल्लाको पहिचानका रूपमा विकसित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “अछामलाई ऐतिहासिक तथा कृषि–सम्पन्न जिल्लाका रूपमा चिनाउन कोसेली घर प्रभावकारी माध्यम बन्न सक्छ,” उहाँले भन्नुभयो।

‎नगर उपप्रमुख संगीता रावल सोडारीले गुणस्तरीय वस्तुको सुनिश्चिततासँगै कोसेली घरलाई व्यवस्थित रूपमा अघि बढाउन सुझाव दिनुभयाे। यसबाट स्थानीय उत्पादनको विक्री–वितरण मार्फत किसानलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

‎मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले अछामको उर्वर भूमिले सबै प्रकारका खाद्यान्न तथा फलफूल उत्पादन गर्न सक्ने क्षमता रहेको उल्लेख गर्दै, स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्न सबैलाई आग्रह गर्नुभयो। “हाम्रो माटोमा सबै छ, तर हामीले बाहिरबाट सामग्री ल्याएर खाने प्रवृत्ति अन्त्य गर्नुपर्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा वडा अध्यक्षहरू, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो। सहभागिहरूले कोसेली घरको दिगो संचालनका लागि सुझाव दिएका थिए।

वडा नं. ५ का अध्यक्ष झंकर प्रसाद भाटको स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले गर्नुभएको थियो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.