रास्वपा प्रति जनआकर्षण बढ्दो अवस्थामा : नेता ढकाल

बिदेशमा रहेका लाखौँ युवा चुनावमा गाउँ फर्किने दाबी

Kirci Gyan Kendra

अछामः

Samajik New Add 2082

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सचिवालय सदस्य हरि ढकालले पछिल्लो समयमा पार्टीप्रति जनताको आकर्षण तीव्र रूपमा बढिरहेको दाबी गरेका छन्। उनका अनुसार पार्टी कार्यालयमा दैनिक सयौँको संख्यामा नयाँ सदस्य प्रवेश गर्दै आएका छन्।

Saud Agro Kailash

अछाममा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता ढकालले जिल्लामा रास्वपाका कार्यकर्ताको सक्रियताले संगठन मजबुत बन्दै गएकोमा खुसी व्यक्त गरे। पुराना दलहरू छोडेर रास्वपातर्फ आउनेको संख्या बढेपछि कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरू तनावमा परेको दाबी पनि उनले गरे।

ढकालका अनुसार अहिले बालकदेखि वृद्धसम्मले रास्वपालाई समर्थन गर्नु पार्टीका लागि उत्साहजनक रहेको छ। निवर्तमान सांसद समेत रहेका ढकालले बुथ कब्जा गर्ने प्रवृत्ति अब समाप्त हुने उल्लेख गर्दै, आगामी चुनावमा बिदेशमा बसेका लाखौँ युवा गाउँ फर्कने र बुथ कब्जा गर्नेलाई गाउँ फर्कन नसक्ने गरी प्रतिकार गर्ने चेतावनी दिए।

अछामबाट पटक–पटक निर्वाचित हुने नेताहरूले जिल्लाका लागि उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै उनले एकपटक रास्वपालाई अवसर दिन स्थानीयवासीलाई आग्रह गरे।

आइतबार ढकालले साफेबगरमा पार्टी नगर कार्यसमिति कार्यालयको उद्घाटन पनि गरे। जिल्ला संयोजक ओमप्रकाश रावलको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सभापति प्रकाश बिष्ट, प्रदेश सदस्य चन्द्रप्रसाद ढुंगाना लगायत नेताहरूको सहभागिता रहेको जानकारी जिल्ला सदस्य सेतीराम भण्डारीले दिए।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.