युवालाई कुलतबाट जाेगाउने अभियान: अछामका विभिन्न विद्यालयमा युवा सशक्तीकरण र सचेतना

Kirci Gyan Kendra

अछाम: सामाजिक विकास कार्यालय अछामको आयोजनामा जिल्लाका विभिन्न विद्यालयहरूमा युवा सशक्तीकरण कार्यक्रम तथा लागू पदार्थ दुर्व्यसनविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । युवापुस्तालाई कुलतबाट जोगाउँदै सकारात्मक सोच र जिम्मेवार नागरिक बनाउने उद्देश्यका साथ कार्यक्रमहरू विभिन्न मितिमा विभिन्न विद्यालयहरुमा सम्पन्न भएका हुन्।

Samajik New Add 2082

उक्त कार्यक्रम बिहीबार जाल्पादेवी माध्यमिक विद्यालय, मंगलसेन–०७ मा गरिएको छ भने यसअघि महेन्द्र माध्यमिक विद्यालय, पञ्चदेवल विनायक–०४, पशुपति माध्यमिक विद्यालय, कमलबजार–०४ र कालिका माध्यमिक विद्यालय, मेल्लेख–०८ मा कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

Saud Agro Kailash

सचेतनामूलक सत्रमा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले लागू पदार्थ दुर्व्यसनले युवाको भविष्य अन्धकारतर्फ धकेल्ने भन्दै यसको सामाजिक, मानसिक र कानुनी असरबारे प्रष्ट पारेका थिए । उनले विद्यार्थीहरूलाई गलत संगत र नशाजन्य पदार्थबाट टाढा रहँदै अनुशासित र लक्ष्यप्रति केन्द्रित जीवनशैली अपनाउन आग्रह गरेका छन ।

त्यस्तै सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावलले युवाहरू नै समाज परिवर्तनका आधार स्तम्भ भएको उल्लेख गर्दै शिक्षा, चेतना र आत्मविश्वास मार्फत सशक्त समाज निर्माण सम्भव हुने बताए । उनले विद्यालय तहबाटै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिदा बढी प्रभावकारी हुने भएकोले विद्यार्थीलाई केन्द्रीत गरिएको बताउनुभएको ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागू पदार्थविरुद्ध सचेतना फैलाउने, आफू मात्र होइन वरपरका साथीहरूलाई पनि कुलतबाट जोगाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए । स्थानीय तहमा यस्ता कार्यक्रमको निरन्तरताले सामाजिक विकृति नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.