गंगा माविमा किशोरीका लागि दुईदिने आत्मरक्षा तालिम

Kirci Gyan Kendra

टेकराज भण्डारी, पौष १४, अछाम:
अछामको मंगलसेन नगरपालिका–६ तेसिंगेस्थित गंगा माध्यमिक विद्यालयमा किशोरीहरूका लागि दुईदिने आत्मरक्षा सम्बन्धी तालिम सुरु भएको छ । किशोरीहरूलाई आत्मरक्षामा सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

Samajik New Add 2082

सामाजिक विकास कार्यालय अछामको आयोजनामा सञ्चालन भएको तालिममा किशोरीहरूलाई आत्मरक्षाका सीप प्रदान गर्नुका साथै घरेलु हिंसा, लैंगिक हिंसाबाट जोगिने उपायबारे जानकारी गराइने सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बरबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार हिंसामा परेका अन्य महिलालाई सहयोग गर्न सक्ने क्षमतासमेत विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

प्रमुख रावलले सामाजिक विकास कार्यालयले जिल्लाका १० वटै स्थानीय तहका विभिन्न विद्यालयमा किशोर–किशोरी लक्षित कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै यस्ता तालिमले किशोरीहरूमा आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

Saud Agro Kailash

उहाँले कार्यालयले किशोरी आत्मरक्षाका साथै लागूपदार्थ दुर्व्यसनविरुद्ध पनि विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । लागूपदार्थले किशोर–किशोरीको जीवनमा गम्भीर असर पार्ने भएकाले समयमै सचेत हुन उहाँले आग्रह गर्नुभयो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतिराम भण्डारीले विद्यालयलाई तालिमका लागि छनोट गरिएकोमा धन्यवाद व्यक्त गर्दै तालिमले किशोरीहरूलाई आत्मरक्षामा सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले विद्यालयमा कक्षा ११ सम्म अध्ययन–अध्यापन भइरहेको तर भवनको समस्या रहेकाले सामाजिक विकास कार्यालयसँग सहयोगको माग गर्नुभयो ।

तालिममा विद्यालयका कक्षा ९, १० र ११ मा अध्ययनरत ५० जना किशोरी सहभागी छन् । प्रशिक्षक हिक्मत भुल र बहादुरसिंह (बी.एस.) ओडले प्रशिक्षण दिइरहनुभएको छ ।

सामाजिक विकास कार्यालयका वरिष्ठ शिक्षा सहायक राजु साहले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.