
अछाम:


अछाम जिल्लाको बान्निगढी जयगढ गाउँपालिका वडा नं. ५ कालिका स्थित श्री शान्निकोट आधारभूत विद्यालय, कालिका बाच्कोटमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।
विद्यालयमा आयोजित भेलाबाट केशर बहादुर साउदको अध्यक्षतामा समिति गठन गरिएको हो । नवगठित समितिमा हिरेण्ड बहादुर साउद, रेखा साउद, गोमा साउद, कम्माने साउद र धना साउद सदस्य रहनु भएको छ । त्यसैगरी नवराज साउद शिक्षक प्रतिनिधिको रूपमा चयन हुनु भएको छ भने हर्क बहादुर सुतार पदेन सचिव रहनु भएको छ ।
नवगठित विद्यालय व्यवस्थापन समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा समग्र शैक्षिक सुधारका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

