एमाले अछामद्वारा २ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा उम्मेद्वारका लागि १७ नेता सिफारिस

Kirci Gyan Kendra

नेकपा एमालेले अछाम जिल्लाका दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । अछाम क्षेत्र नं. १ अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकबाट ९ जना र क्षेत्र नम्वर २ को वैठकबाट ८ जनाको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार आकांक्षीहरूमध्येबाट नाम सिफारिस गर्ने निर्णय गरेको हो । अछाम–१ बाट सिफारिस हुनेमा कमलराज तिमिल्सेना (बान्नीगढी जयगढ–४), झपट बोहरा (बान्नीगढी जयगढ–६), मनसरा साउद मेल्लेख (मेल्लेख–४), कृष्णप्रसाद जैसी मेल्लेख (मेल्लेख–६), तिलक कुँवर (साँफेबगर–१३), जनक रावल (मेल्लेख–६), मोति बि.क. (साँफेबगर–१३), पूर्ण साउद (रामारोशन–६) र केशर साउद (रामारोशन–५) रहनु भएको छ ।

यस्तै, अछाम क्षेत्र नं. २ को क्षेत्रीय समन्वय कमिटीको बैठकबाट पूर्व सांसद यज्ञ वोगटीसहित ८ जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको हो । क्षेत्रीय समन्वय कमिटीका सचिव शेर बहादुर वुढाका अनुसार सिफारिस हुनेमा अछाम जिल्ला कमिटीका अध्यक्ष शिव प्रसाद उपाध्याय, निर्वतमान अध्यक्ष चन्द्र बहादुर वोहरा, वम बहादुर विसी, शिद्धप्रसाद ढुंगाना, नरेश कुमार शाही, भीम जनाला र हस्तना शाही रहनुभएको छ ।
२०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अछाम क्षेत्र नम्वर १ मा नकपा एकिकृत समाजबादी र अछाम २ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार विजयी बनेका थिए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.