

अछाम:
१३औँ राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पूजाको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको आयोजनामा पुस्तक तथा स्टेशनरी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका अध्यक्ष विष्णुलाल गिरिकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय महासंघका अध्यक्ष शिवसागर शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी रामारोशन गाउँपालिकाकी पूर्व उपाध्यक्ष सरस्वती रावलकाे विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रम नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंका सचिव धनञ्जय पौडे सञ्चालनमा तथा कार्यक्रम संयोजक पदम बहादुर भण्डारीज्यूलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको हो।
उक्त अवसरमा ऐतिहासिक रूपमा विन्देश्वरी माध्यमिक विद्यालय, सुतारलाई छनोट गरी पुस्तक तथा स्टेशनरी सामग्री सहयोग हस्तान्तरण गरिएको थियो। यस सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
यस महान शैक्षिक कार्यका लागि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौं तथा सहयोगी दाताहरूप्रति विन्देश्वरी माध्यमिक विद्यालय, सुतार परिवारले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

