
सहिद दिवसको अवसरमा अछाम जेसिजले सहिदहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। अछाम जेसिज वर्ष २०२६ को आयोजनामा जिल्ला प्रशासन कार्यालय अछामको हाताभित्र रहेको शान्ति बाटिका, मंगलसेन तथा इलाका प्रहरी कार्यालय कमलबजारको प्राङ्गणमा दीप प्रज्वलन तथा सहिदहरूको तस्बिरमा माल्यार्पण गरिएको हो।

दीप प्रज्वलन पश्चात् आयोजित कार्यक्रममा बोल्दै अछाम जेसिज वर्ष २०२६ का अध्यक्ष जेसि झनक अधिकारीले वर्ष २०२६ लाई उत्कृष्ट बनाउने उद्देश्यसहित जेसिजले सञ्चालन गर्ने हरेक अभियानलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले सरकारी कार्यालयमार्फत हुने विभिन्न सामाजिक कार्य जेसिजले अघि बढाएकाले सबै क्षेत्रबाट प्रशंसा प्राप्त भएको उल्लेख गर्नुभयो।

मंगलसेनस्थित शान्ति बाटिकामा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा अछाम जेसिजका निवर्तमान अध्यक्ष जेसि जितमान बोहरा, वर्ष २०१९ का अध्यक्ष जेसि तुलाराम बिसी, वर्ष २०२३ का अध्यक्ष टेक बहादुर थापा, कार्यकारिणी उपाध्यक्ष जेसि निशा भट्टराई, महासचिव जेसि आनन्द साउद, कोषाध्यक्ष जेसि कमल कुमार रावल, सहसचिव जेसि नरेश थापा लगायतको सहभागिता रहेको थियो।
त्यसैगरी, कमलबजारमा आयोजित कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसि हिक्मत नेपाली, सचिव जेसि पवित्रा खड्का, कमलबजार नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भक्त बहादुर बोहरा, कमलबजार नगरपालिकाका प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट, इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक सरोज कुमार कैला लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।


