क्षेत्र नम्बर २ मा ४ पालिकाको घरदैलो सकेर उत्साहित हुदै मंगलसेन फर्किए: उम्मेदवार बोगटी

Kirci Gyan Kendra

नेकपा एमाले अछाम क्षेत्र नम्बर २ का उम्मेदवार यज्ञ बहादुर बोगटीको घरदैलो अन्तिम चरणमा पुगेको छ । माघको पहिलो हप्ताबाट घरदैलो सुरु गर्नु भएका उमेदवार बोगटीले ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका र पंञ्चदेवल विनायक नगरपालिकामा घरदैलो तथा मतदाता संग भेट गरिसक्नु भएको छ भने आईतबारबाट मंगलसेनमा घरदैलो गर्ने कार्यक्रम रहेको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

मंगलसेनका पनि ३ वटा वडामा घरदैलो सम्पन्न भईसकेको र बाकी ११ वटा वडामा घरदैलो सुरु गरिने बतार्ईएको छ । ४ वटा पालिकामा घरदैलो गरिसक्दा जनताको निकै साथ पाएका उमेदवार बोगटी उत्साहित भएर मंगलसेन फर्किनु भएको छ । एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका बोगटीले आफु घरदैलोको क्रममा जुन जुन पालिका वडा तथा टोलमा पुगे त्यहा मतदाताहरुले आफुलाई निकै माया र विश्वाश दिएकाले जनताको मायाले आफु उत्साहित भएर फर्किएको बताउनुभयो ।

आफु जुन ठाउमा पुगे त्यो ठाउमा मतदाताहरुले क्षेत्र नम्बर २ का विकासका लागी पुन एक पटक मतदान गर्ने बाचा गरेकाले आफ्नो जित निश्चित भईसकेको उम्मेदवार बोगटीको दाबी छ । यस पटक अछामका दुईवटै निर्वाचन क्षेत्रमा एमालेको जित हुने दाबी गर्दै उम्मेदवार बोगटीले सुखी अछामी समृद्ध अछाम बनाउनका लागि एमालेलाई मतदान गर्न आग्रह समेत गर्नु भएको छ ।

कमलबजार नगरपालिको गैरीटाड बजारमा भएको चुनावी कोणसभा कार्यक्रममा बोल्दै उम्मेदवार बोगटीले कमलबजार रहेका थुप्रै विकासका अधुरा योजनालाई पुर्णत दिनका लागि आफुलाई मतदान गर्न आग्रह गर्नु भयो । आईतबार मंगलसेन नगरपालिका वडा नम्बर १४ को कालागाउँबाट घरदैलो सुरु हुने प्रेस चौतारी अछामका अध्यक्ष कृष्ण बहादुर बुढाले जानकारी दिनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.