इरानसँगको युद्धमा १४० अमेरिकी सैनिक घाइते

Kirci Gyan Kendra

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा करिब १४० अमेरिकी सैनिक घाइते भएको अमेरिकाको रक्षा मन्त्रालय ‘पेन्टागन’ले दिएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

पेन्टागनका प्रवक्ता सीन पार्नेलले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा घाइते सैनिकमध्ये अधिकांशलाई सामान्य चोट लागेको र १०८ सैनिक उपचारपछि पुनः काममा फर्किसकेको बताएका छन् ।

यद्यपि, उनले आठ अमेरिकी सैनिक गम्भीर रूपमा घाइते भएको र उनीहरूको उपचार भइरहेको जानकारी दिएका छन् ।

इरानसँग सुरु भएको ११ दिनको युद्धपछि अमेरिकी सैनिकहरूलाई भएको क्षतिबारे यो पहिलो विस्तृत जानकारी सार्वजनिक भएको हो । जानकारी अनुसार इरानको तर्फबाट जवाफी कारबाहीका रूपमा रकेट र ड्रोनबाट आक्रमणहरू गरिएका थिए । यी आक्रमणहरूमा कुवेत र साउदी अरबमा तैनाथ सात अमेरिकी सैनिकको मृत्यु समेत भइसकेको छ । वासिंगटन पोस्ट

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.