

अछाम:
अछामको मंगलसेनमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। मंगलसेन क्रिकेट क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगानाले शनिबार गरेका हुन्।
क्लबका अध्यक्ष जनक शाहीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा विभिन्न खेलप्रेमी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। प्रतियोगितामा जिल्लाभरबाट १४ वटा टिम सहभागी भएका छन्।
आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताले जिल्लामा क्रिकेट खेलको विकास तथा युवामा खेलप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।

