उच्चशिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयका बारेमा अछाममा अन्तरक्रिया

Kirci Gyan Kendra

सुदुरपश्चिम प्रदेशको प्रदेश विश्वविद्यालय तथा उच्चशिक्षा सम्बन्धि कार्यदलले उच्चशिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयका बारेमा अछामका शिक्षा क्षेत्रका सरोकारवाला तथा राजनितीक दलका प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ ।

Samajik New Add 2082

उच्चशिक्षा निति तथा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि सरोकारवाला सबैको धारण संकलन गरेको छ । अन्तरक्रिया कार्यक्रमका सबै सहभागीले यसको उद्देश्य सहित आगामि अौचित्यको बारेमा जिज्ञासा र सुझाव राखेका थिए । कार्यदल संयोजक डाक्टर खेमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले शिक्षा क्षेत्रको परिवर्तनको लागि आफू जहिले पनि लागिपरेको बताउनु भयो ।

Saud Agro Kailash

सुदुरपश्चिम विश्वविद्यालय स्थापनाका लागि तराईको क्षेत्र मात्र नभएर पहाडी क्षेत्र समेत अघि हुने भएकाले सबैले सोच्नु पर्ने बताउनु भयो । बिशिस्ट अतिथि अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बहादुर बिष्टले उच्च शिक्षा आजको आवश्यकता भएकाले सबैको चासो सहित कार्यान्वयनको बिषय भएको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा उठेका सबै जिज्ञासाको जवाफ संयोजक जोशीले दिनु भएको थियो । कार्यदलले यसअघि कैलाली जिल्लाको टिकापुरमा पहिलो अन्तरभ्रियन गरेको थियो भने अछाममा दोस्रो छलफल हो ।

कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, अछामका सबै क्याम्पसका अध्यक्ष तथा प्रमुख, शिक्षक संघ, संघठनका प्रतिनिधि, उच्च विद्यालयका शिक्षकको सहभागीता रहेको थियो । छलफलको सहजिकर कार्यदलका सदस्य डाक्टर कविन्द्र प्रसाद चन्द र चक्रराज अधिकारीले गर्नु भएको हो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.