अछाममा नागरिकको स्वास्थ्य अधिकारको अवस्थाका बिषयमा सरोकारवालासँग अन्तरक्रिया

Kirci Gyan Kendra

अछाममा नागरिकको स्वास्थ्य अधिकारको अवस्था सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । मंगलसैन नगरपालिकाको सहकार्य तथा राष्ट्रिय मानव अधिकार आयोग सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा भएको छलफल कार्यक्रममा गरिव, विपन्न, जेष्ठ नागरिक लगाएतको स्वास्थ्यमा पहुच, भाैतिक तथा जनशक्तिको अभाव लगाएतका क्षेत्रमा छलफल गरिएको थियो ।

Samajik New Add 2082

सहभागी सरोकारवालाले स्वास्थ्य क्षेत्रको नियमित अनुगमन, मानसिक स्वास्थ्य परामर्श, बालविवाह न्युनिकरण जस्ता सचेतनाका कार्यक्रममा जोड दिन सके सबै नागरिकको स्वास्थ्यमा पहुच पुग्ने बताएका थिए । कार्यक्रममा बोल्दै मंगलसेन नगर प्रमुख पदम बहादुर बोहराले नगरको स्रोत साधनले सक्नेसम्म स्वास्थ्य क्षेत्रमा भौतिक र जनशक्ति ब्याबस्थापन गरिरहेकाे बताउनु भयो ।

Saud Agro Kailash

विगत लामो समयदेखि सचेतनाका कार्यक्रम भएपनि उपलब्धि हासिल हुन नसकेको बताउनु भयो । पहिले भन्दा अहिले स्वास्थ्य क्षेत्रमा थुप्रै परिवर्तन भएकाले क्रमिक रुपमा सुधार हुँदै जाने बताउनु भयो ।

नगर उपप्रमुख सरिता उपाध्यायले स्वास्थको क्षेत्रमा मंगलसेन नगरपालिकाले प्राथमिकतामा दिएर वजेट विनियोजन गर्ने गरेको बताउनु भयो । महिलाका समस्यालाई मध्येनजर गर्दै प्रत्येक स्वास्थ संस्थामा भिडियो एक्सरे सेवा आर्थिक रुपमा पछि परेका नागरिकलाई एम्बुलेन्स सेवा समेत निशुल्क प्रदान हुने गरेको बताउनु भयो ।

अछाम जिल्ला जनस्वास्थ्यको क्षेत्रमा भएका कार्यक्रम र उपलब्धि बारे स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगांना र जिल्ला अस्पतालबाट प्रदान भएका सेवा, समस्या, चूनौतिको बारेमा कार्यालय प्रमुख डाक्टर सोनाली बास्काेटाले जानकारी गराउनु भएको थियो ।

छलफल कार्यक्रमको सहजिकरण राष्ट्रिय मानव अधिकार आयोग सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीका मानव अधिकार अधिकृत प्रकृती सिंह र रुपाश्री निरौँलाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.