मंगलसेनका ३५ बालवालिकालाई वाक नेपालको शैक्षीकवृत्ति सहयोग

Kirci Gyan Kendra

अछाम : मंगलसेन नगरपालिका अन्तरगतका विभिन्न विद्यालयका ३५ जना बालवालिकालाई शैक्षीकवृत्ति सहयोग हस्तान्तरण गरिएको छ । अछाम बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यकत्रमका बीच शैक्षिक वृत्ति सहयोग वितरण गरिएको हो ।

Samajik New Add 2082

सेभ द चिल्ड्रेनसँगको साझेदारीमा वाक नेपाल अछामद्वारा सञ्चालित किशोर किशोरी तथा युवा सशक्तिकरण परियोजनाको सहयोगमा परियोजना लागु भएका विद्यालयका निम्न आर्थिक अवस्थाका बालवालिकालाई सहयोग वितरण गरिएको छ । कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत १४ जना बालक र २१ जना बालिका गरी जम्मा ३५ जना बालबालिकाहरुलाई प्रति व्यक्ति नगद १२ हजारका दरले जम्मा ४ लाख २० नगद छात्रवृत्ति वितरण गरिएको जनाईएको छ ।

Saud Agro Kailash

मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बोल्दै बोहराले अभिभावकले पनि बालबालिकालाई घरमा पढाइ लेखाइका लागि उचित बातावरण मिलाइदिन अनुरोध गर्नुभयो । सम्पूर्ण बालबालिकाले छात्रवृत्तिको पूर्ण सदुपयोग गर्न र अनुशासन कायम गर्न नगरप्रमुख बोहराले सुझाव दिनुभएको छ । आगामी दिनमा पनि नगरले विभिन्न कार्यक्रम सन्चालन गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा वाक नेपालका अध्यक्ष बल बहादुर के.सी., अछाम बहुमुखी क्याम्पसका क्याम्पसप्रमुख छत्र बहादुर बिष्ट, वडा नं. ४ का वडा अध्यक्ष पदम बहादुर धामी, वडा नं.६ का वडा अध्यक्ष जनकराज भण्डारी, वडा नं.७ वडा अध्यक्ष सिद्धराज ढुंगाना लगायत राधा मावि, षोडशा देवी मावि, गंगा मावि र जाल्पादेवी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, अभिभावक तथा विद्यार्थीको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र बिष्ट र वाक नेपाल, किशोरकिशोरी तथा युवा सशक्तिकरण परियोजना संयोजक महादेव ओझाले गर्नुभएका थियो । कार्यक्रमको सञ्चालन मिल अधिकृत भजन वि.क.ले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.