एमाले पन्चदेवल विनायक नगरको अध्यक्षमा गोरख रावल चयन


अछामको पञ्चदेवल विनायक नगरपालिकामा नेकपा एमालेले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । एमालेको प्रथम नगर अधिवेशनबाट गोरख रावलको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी गठन सर्वसम्मत चयन भएको हो ।

जसमा उपाध्यक्ष खगेन्द्र जैसि, सचिव बखत बहादुर शाहि, भद्र बहादुर रावल, तुलसी साउद लगाएतका सदस्य रहेका छन ।
यससँगै अछामका १० वटै स्थानीय तहमा एमालेले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

