मानव अधिकारको अबस्थाको बारेमा २ दिने अन्तरक्रिया डडेल्धुरामा सुरु

सुदुरपश्चिम प्रदेशका पहाडी ७ जिल्लामा मानव अधिकारको अबस्थाको बारेमा २ दिने छलफल आजबाट डडेलधुरामा सुरु भएको छ । अछाम, बाजुरा, डाेटि, डडेल्धुरा, वैतडि, दार्चुला र बझाङ जिल्लामा मानव अधिकारको अबस्थाको बारेमा प्रत्येक जिल्लाबाट प्रतिनिधित्व हुने गरि मानव अधिकारकर्मीसँग छलफल सुरु भएको हो ।


ईन्सेक सुदुरपश्चिम प्रदेशको आयोजना तथा DCA र CISU को सहकार्यमा सुरु भएको छलफलमा मानव अधिकारको परिचय, मानव अधिकार रक्षकको भुमिका र दायित्व सहित अबस्था, चुनौति र मानव अधिकार सस्कृतिको बिकास गर्न गरिने भुमिकाका बिषयमा सहभागीसँग बृहत् छलफल पहिलो दिन गरिएको ईन्सेक सुदुरपश्चिम प्रदेश संयोजक खडकराज जोशिले बताउनु भयो ।
साथै मानव अधिकारको बिकास र आउने उपलब्धिका बिषयमा सुदुरपश्चिम विश्वविद्यालयका पुर्व रजिस्ट्रार डाक्टर हेमराज पन्तले सहभागिलाई जानकारी गराउनु भएको थियो । छलफलको दोस्रो दिन भोलि कानुनी ब्याबस्था र जिल्लाको अबस्थाका बारेमा छलफल गरिने आयोजकले जनाएको छ ।
छलफलको सहजिकरण सुदुरपश्चिम विश्वविद्यालयका पुर्व रजिस्ट्रार डाक्टर हेमराज पन्त, ईन्सेक सुदुरपश्चिम प्रदेश संयोजक खडकराज जोशि र अधिकृत परिसकृत पौडेलले गरिरहनु भएको छ ।

