मंगलसेन नगरपालिकामा परिवर्तन परियोजनाको वार्षिक समिक्षा सम्पन्न

मंगलसेनः

मालिका विकास संघद्धारा सञ्चालित परिवर्तन परियोजनाको वार्षिक अन्तरक्रिया तथा समिक्षा कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियन र डि सिए नेपालको सहयोग तथा मालिका विकास संघ र ईन्लोगोस काठमाण्डौको संयुक्त आयोजना कार्यक्रम भएको हो ।
नगरप्रमुख पदा बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा परियोजना अवधिभर कार्यक्षेत्रमा संचालन भएका गतिविधबारे जानकारी गराईएको थियो । यस्तै परियोजनाको समिक्षा र सुझाव संकल कार्य समेत गरिएको जनाईएको छ । नगरपालिकाको वडानम्वर ४, ५, १२ र १४ मा परियोजना मार्फत बिभिन्न क्रियाकलापहरु संचालन गरिएको र नगरपालिकालाई नीति निर्माणमा पनि सहयोग प्रदान गरिएको मालिका विकास संघले जनाएको छ ।


सहभागीहरुले परियोजना मार्फत संचालित क्रियाकलापहरु निकै प्रभावकारी भएको भएको बताएका थिए । नगरपालिकाकालाई आवश्यक पर्ने महत्वपूर्ण ८ वटा कार्यविधिको मस्यौदा निर्माण गरि पालिकालाई उपलब्ध गराईएकोले आगामी दिनमा कार्यान्वयनमा लैजाने प्रतिवद्दता समेत जनाईएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र विषयगत शाखाका प्रमुखहरुको सहभागीता रहेको थियो ।
सो कार्यक्रमको सहजिकरण ईन्लोगोस काठमाण्डौका सुशासन विज्ञ रामसुन्दर परियारले गर्नुभएको थियो भने सञ्चालन मालिका विकास संघ परिवर्तन परियोजनाका सामाजिक विकास अधिकृत गोपीसिंह नेपालीले गर्नुभएको मंगलसेन नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशीले जानकारी दिनुभयो ।


