माओवादी केन्द्रको ढकारी २ मा वडा अधिवेशन सम्पन्न

Kirci Gyan Kendra

अछाम १४ मंसिरः

Samajik New Add 2082
Saud Agro Kailash

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) ढकारी गापा वडा नं.२ को दोस्रो वडा अधिवेशन सम्पन भएको छ । लक्ष्मी रिमालको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र का जिल्ला कमिटि सचिवालय सदस्य एंवम ढकारी गाउँपालिका संयोजक नृप बहादुर थापा रहनु भएको थियो ।

नेता थापाले देश माओवादी पार्टीको एजेन्डामा चलिरहेकाले जन्ताले अबको चुनावमा माओवादी केन्द्र पार्टीलाई रोज्नु पर्ने बताउनु भयो । उक्त कार्यक्रमको विशिष्ट अतिथि अनेरास्ववियू (क्रान्तिकारिका) जिल्ला अध्यक्ष लाल बहादुर साउद रहनु भएको थियो । अध्यक्ष साउदले आफ्नो संगठन समाजवादी शिक्षा प्राप्तीका लागि शैक्षिक माफिया र दलाल हरुका बिरुद्ध संघर्षरत रहेको बताउनु भयो । साथै संविधानमै समाजवाद उन्मुख राज्यब्यबस्था लेखियता पनि अहिलेका कांग्रेस र एमाले हरुले समाजवादको आधारभुत खाका समेत जन्तालाइ दिन नचाहेको बताउनु भयो । माओवादी केन्द्र समाजवाद उन्मुख राज्यब्यवस्था निर्माणका लागि संघर्सरत रहेको भन्दै उहाँले अबको चुनाबमा नेकपा माओवादी केन्द्र लाई पहिलो पार्टी नेता कार्यकर्तालाइ अपिल गर्नु भयो ।
यस्तै कार्यक्रमको अर्का विशिष्ट अतिथीमा अ.ने.म.संघ क्रान्तिकारिका जिल्ला सदस्य रत्ना रिमाल रहनु भएको थियो । अधिवेशनबाट लक्ष्मी रिमाल कै अध्यक्षता मा १५ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । जस्को उपाध्यक्ष मा नवराज जैशी, सचीव टेक बहादुर सार्की , कोषाध्यक्ष अञ्जली कुवर साउद लगायत अन्य सदस्य रहनुभएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.