समविकासद्धारा अछामका महिला प्रहरीलाई फ्रिडम किड ब्याग वितरण

लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन समविकास अछामले महिला प्रहरीसँग महिनावारी सम्बन्धी अन्तरक्र्रिया सहीत महिनावारी हुदा आवश्यक पर्ने स्वास्थ्य र सरसफाईका सामाग्री हस्तान्तरण गरेको छ । अछामका न्युन आयस्रोतका महीलालाई प्याड स्वरुप स्थानिय उत्पादन फ्रिडम किड ब्याग नामक सामाग्री महीला प्रहरीलाई हस्तान्तरण गरिएको हो ।


बजारको केमीकल मिश्रीत प्याड भन्दा अछामको साफेबगरमा उत्पादीत भई हरेक महिलालाई वितरण हुदै आएको सुरक्षित जता समेत बोकेर लैजान मिल्ने फ्रिडम किड ब्याग सहित जिल्ला प्रहरी कार्यालय, साफेबगर, कमलबजार गरि करिब ३० जना महिला प्रहरीलाई वितरण गरिएको समविकास अछामका अध्यक्ष पशुपती कुवरले जानकारी दिनु भयो ।
छाउपडी कुप्रथालाई अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागी आफ् आफ्नो संस्था नियमीत लागि परेको कुवरले बताउनु भयो । अन्तरक्र्रिया तथा सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तुलसीराम अर्यालले महिला प्रहरीका समस्यालाई मध्येनर गर्दै स्वास्थ्य सरसफाईका सामाग्री हस्तान्तरण गरेकोमा प्रसंशा गर्नु भयो ।
प्रहरी समेत समुदायसँग नजिक भएर काम गर्ने भएकाले हरेक वर्गलाई सहयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रमको संञ्चालन समविकास अछामका सचिव दुधकला बिष्टले गर्नु भएको थियो ।

