जिल्ला स्तरिय निबन्ध प्रतियोगिताका विजेतालाई आज पुरुस्कार वितरण गरिदै,

सम्पुर्ण तयारी पुरा

Kirci Gyan Kendra

मंगल मिडिया नेटवर्क प्रा. लि. (मंगलखबर डटकम) द्धारा आयोजित निबन्ध प्रतियोगिताका टप ४ मा प्रतिस्पर्धिलाई भोलि अर्थात मंसिर २८ गते पुरुस्कार वितरण गरिने भएको छ । “घरेलु हिंसाले बालवालिकामा परेको असर” विषयमा भएको अछाम जिल्लाव्यापी मावि स्तरिय निवन्ध प्रतियोगितामा निर्णायक समितिले आयोजकलाई उपलब्ध गराएको विवरण अनुसार टप ४ मा परेका ब्यक्तिलाई नगद पुरुस्कार सहीत, प्रमाणपत्र हस्तान्तरण गरिने भएको छ ।

Samajik New Add 2082

अछाम बुहमुखी क्याम्पसको हलम भोलि मंसिर २८ गते बिहान साढे ११ बजे एक औपचारिक कार्यक्रमका बिच पुरुस्कार वितरण कार्यक्रम गरिने मंगलखबर डटकमका सम्पादक कमल कुमार रावलले जानकारी दिनुभयो । पुरुस्कार वितरण कार्यक्रममा प्रमुअ अतिथी मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा सहीत, सम्पुर्ण राजनितिक दलका प्रतिनीधी, सरकार तथा गैरसरकारी कार्यालयका प्रतिनीधी, सरोकारवाला सबैलाई पत्राचार गरिसकिएको सम्पादक रावलले बताउनु भयो ।

Saud Agro Kailash

नेपाली वर्णानुक्रमका आधारमा टप ४ मा करन साउद, कल्पना साउद, मंगल साउद र लक्ष्मी शाह रहेका छन । करन गगुडा मावि चौरपाटी गाउँपालिका –३, कल्पना दशपल्ले पानी मावि चौरपाटी गाउँपालिका – २, मंगल पूर्णचन्द्र मावि रामारोशन गाउँपालिका –६ र लक्ष्मी ऐश्वर्य मावि बान्नीगढी जयगढ गाउँपालिका –६ का विद्यार्थि रहेका छन ।

निबन्ध प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका शिक्षा शाखा मार्फत ५० भन्दा बढी माध्यामिक विद्यालयका विद्यार्थिले भाग लिएका थिए । प्रतिष्पर्धी सबै निवन्धहरुको संगालोका रुपमा पुस्तक समेत प्रकाशन गरिने जनाईएको छ ।

अछाम जिल्लामै पहिलोपटक आयोजना गरिएको जिल्लाव्यापी निवन्ध प्रतियोगिताको लागि बिभिन्न सरकारी तथा गैर सरकार निकाय एवं सरोकारवाला पक्षसंग सहकार्य तथा समन्वय समेत गरिएको मंगलखबरका सम्पादक रावलले बताउनुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.