टुट फुटले कुनै पनि पार्टीलाई फाईदा पुग्दैन: एमाले नेता डाक्टर रावल

Kirci Gyan Kendra

नेकपा एमालेका पुर्व उपाध्यक्ष डाक्टर भिम रावलले टुट फुटले कुनै पनि पार्टीलाई फाईदा नहुने बताउनु भएको छ । राजनितीक दलमा आउने फुटले राजिनितिक अस्थिरता र बाह्य देशको हस्तक्षेप बढ्दै जाने बताउनु भयो ।

Samajik New Add 2082

अछाम सदरमुकाम मंगलसेनमा प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले कम्युनिस्ट आन्दोलन टुट फुट गराउने कतिपय ब्यक्ति जिम्मेवार भएकाले सबैले सोच्नुपर्ने बेला आएको बताउनु भयो । २०५४ सालमा पार्टी फुटदा पीडा नेकपा एमालेले भोगेकाले आफू फुटको पक्षमा नरहेको बताउनु भयो ।

Saud Agro Kailash

देशको हितका लागि अझै पनि कम्युनिस्टहरु एक ढिक्का भएर अघि बढनु पर्ने बताउनु भयो । पार्टि भित्रको विधि पद्धति प्रति संकेत गर्दै पार्टि भित्रको अराजकता अन्त्य हुनुपर्ने बताउनु भयो । हालै मात्रै पार्टीको १० अौँ महाधिवेशनबाट नयाँ नेतृत्व आएकाले ओलि नेतृत्वको पार्टी पत्तिको परिक्षाको दिन सुरु भएको बताउनु भयो ।

प्रेस चौतारी अछामका उपाध्यक्ष एकेन्द्र महताको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा संसद र राष्ट्रिय सभाको ससंद अबरुद्ध को विषयमा बोल्दै नेता रावलले नियमित चल्नु पर्नेमा जोड दिनु भयो । सरकारका नियमित कामकारबाही चलिरहने सदन अबरुद्ध गर्नुको कुनै अर्थ नरहेको बताउनु भयो ।

सदन अबरुद्ध गर्नु यतिबेला कुनै षड्यन्त्रको खेल भईरहेको आरोप समेत लगाउनु भयो । विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको पत्रकार सम्मेलनको संचालन प्रेस चौतारीका सचिव टेक बहादुर थापाले गर्नु भएको थियो ।

त्यसअघि डाक्टर रावललाई मंगलसेन नगरपालिकाको भवन अवलोकन सहित मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी लगाएत सम्पूर्ण कर्मचारीले स्वागत गर्नु भएको थियो । साथै रावलले नेकपा एमाले मंगलसेन नगरकमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई समेत सम्बोधन गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.