वाक नेपाल मार्फत मंगलसेनमा संचालित कार्यक्रमको अर्धबार्षिक समिक्षा सम्पन्न

मंगलसेन नगरपालिकामा वाक नेपालद्वारा संचालित किशोरकिशोरी तथा युवा सशक्तीकरण परियोजना मार्फत भएका कार्यक्रमको अर्धबार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा संचालित कार्यक्रममको सल्लाहकार समिति मार्फत बैठक मार्फत समीक्षा सहित आवश्यक सुझाव सल्लाह संकलन गरिएको छ ।
मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले हरेक वर्गले संस्था मार्फत आउने कार्यक्रमको दायित्व बोध सहित जिम्मेवारी लिन सके कार्यक्रम सफल सहित उपलब्धि हुने बताउनु भयो । वाक नेपाल संस्थाले वास्तविक वर्गसँग कार्यक्रम गर्दै पारदर्शी रुपमा काम गरि रहेकाले प्रसंशा समेत गर्नु भएको छ ।

युवा उद्यमशिलताका क्षेत्रमा हुने कार्यक्रम प्रभावकारी बनाउन युवा नै जागरुक हुनुपर्ने बताउनु भयो । युवाका क्षेत्रमा हुने कार्यक्रम स्वरोजगार तिर जोडने कार्यक्रम भएकाले सबैले सफल पार्न सहयोग गर्नुपर्ने बताउनु भयो ।

समीक्षा कार्यक्रम किशोरकिशोरी तथा युवा सशक्तीकरण परियोजनाका कार्यक्रम संयोजक महादेव ओझाले शैक्षिक छात्रवृत्ति वितरण, युवा र बालक्लबका क्षेत्रमा गरेका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । ६ महिनामा नगरपालिकाका विभिन्न विद्यालयका ४४ जना मध्ये ३५ जनालाई १२ हजारका दरले शैक्षिक सहयोग गरिएको जानकारी दिनु भयो ।
कार्यक्रममा वैदेशिक रोजगार फर्केर होस वा अथवा गाउमै केही गर्ने युवामा लागि विभिन्न कार्यक्रम सहयोग हुदै आएको सेभ द चिल्ड्रेन अछाम प्रमुख प्रेम पुनले जानकारी गराउनु भएको थियो ।
पत्रकार शिवराज ढुंगाना, नगर स्तरिय युवा संजालका अध्यक्ष जगत भण्डारीले सुझाव सहित मन्तव्य राख्नु भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, विषयत शाखा प्रमुख, कार्यक्रम लागू भएका वडा अध्यक्ष, विद्यालयका अध्यक्ष र प्रधानाध्यापकको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन वाक नेपालका सामाजिक परिचालक रमिता ढुंगानाले गर्नु भएको थियो ।

