पानीको अभावले शौचालय प्रयोगमा समस्या मंगला स्कुुलका किशोरकिशोरी गुनासो

मंगला नेरा मावि वलिगाउमा अध्ययनरत किशोरकिशोरीले विद्यालयमा खानेपानीको अभावका कारण शौचालय प्रयोगमा समस्या जहीले पनी भोग्नु परेको बताउनु भएको छ । नियमित विद्यालयमा आउने विद्यार्थिले खानेपानीको उचित ब्याबस्था नहुदा शौचालय प्रयोग गर्न समस्या भईरहेको बताएका छन ।

युएनएफपिएको सहयोग फाया नेपाल धनगढी कैलालीको संयोजन तथा रेडियो जनप्रिय साँफेबगरको आयोजनामा विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र वृहत यौनिकता शिक्षा सम्बन्धी भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी किशोरीले महिनावारी हुदा विद्यालयबाट प्रदान हुने सेनेटरी प्याडले नियमीत विद्यालयमा आउने वातावरण बनेको बताएका छन ।
अझै पनी प्रयोग गरिएको सेनेटरी प्याड ब्याबस्थापनका लागी विद्यालयमा समस्या हुदै आएको किशोेरीले बताएका थिए । सहभागी किशोरकिशोरीको जिज्ञासाको उत्तर दिदै विद्यालयका प्रधानाध्यापक मिन बहादुर भण्डारीले विद्यालयको नियमीत खानेपानीको समस्या समाधानका लागी लागिरहेको बताउनुभयो ।

विद्यालयका समस्या नै आफ्ना भएकाले विद्यालयको ब्याबस्थापन समितीको बैठकमा समस्या उठाउदै आएको बताउनु भयो । आगामी दिनमा हरेक अभिभावकसँग छलफल गरेर समस्या समाधान गर्दै अघि बढने बताउनु भयो । छलफल कार्यक्रममा वलिगाउ स्वास्थ्य चौकी अनमी ममता विकले हरेक किशोरकिशोरीमा आउने समस्या समाधानका लागी तत्पर भएकाले स्वास्थ्य संस्थामा खुलेर आउन आग्रह गर्नु भयो ।
मंगला नेरा माविका बृहत यौनिकता शिक्षाका सम्पर्क ब्यक्ति शिक्षक निता साउदले हरेक किशोरकिशोरीलाई आउने समस्या समाधानका लागी आफुलागी परेको बताउनु भयो । विद्यालयमा किशोरकिशोरी मैत्री सुचना केन्द्रको ब्याबस्था गरिएकाले विद्यार्थिलाई अध्ययन सहित जानकारी लिन आग्रह गर्नु भयो ।
विद्यालयका नर्स निशा रावलले हरेक विद्यार्थिमा आउने स्वास्थ्य समस्या समाधानका लागी आफु लागिपरेको बताउनुभयो । विद्यार्थिका लागि स्वास्थ्य तिर आवश्यक पर्ने सेनेटरी प्याड, मास्क वितरण लगाएत प्राथमिक सेवा समेत प्रदान गरिरहेको जानकारी दिनु भयो । आगामि दिनमा समेत प्रभावकारी स्वास्थ्य शिक्षा दिनका लागि आफु तत्पर रहेको बताउनु भयो ।
विद्यालयमा कक्षा ९ देखी १२ कक्षासम्म अध्ययनरत विद्यार्थिले आफ्ना जिज्ञासा राखेका थिए । विद्यालयका सम्पुर्ण शिक्षक, विद्यार्थिको सहभागिता रहेको कार्यक्रमको उद्देश्य पत्रकार तपेन्द्र कुवरले प्रकाश पार्नु भएको कार्यक्रमको सहजिकरण टेक बहादुर थापाले गरेका हुन भने संञ्चालन कमल रावलले गर्नु भएको हो ।


