मानव अधिकार बर्ष पुस्तकमा समावेश हुने बिषय माथि छलफल

Kirci Gyan Kendra

ईन्सेकले प्रकाशन गर्ने पुस्तकमा अछामबाट समाबेश हुने घटनाको लागि प्रकाशन पुर्व समिक्षा बैठक सम्पन्न भएको छ । नेपाल मानव अधिकार बर्ष पुस्तक २०२२ को पुस्तकमा २०२१ जनवरी देखि डिसेम्बर १५ सम्म प्रहरी, अदालत, स्थानिय तह लगाएतका क्षेत्रबाट संकलित घटनाको बारेमा छलफल गरिएको थियो ।

Samajik New Add 2082
Saud Agro Kailash

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मुरासैनिको अध्यक्षमा भएको कार्यक्रमका सहभागी सरोकारवालाले आवश्यक सुझाव सल्लाह दिएका थिए । कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मुरासैनिले घटेका घटनाका दोषीलाई दण्ड दिनसके उपलब्धि हासिल हुने बताउनु भयो ।

अछाममा हालै मात्र आउनु भएका प्रजिअ मुरासैनिले अछाममा आत्महत्याका घटना धेरै भएको तथ्यांक देखिएकाले मनोसामाजिक तथा शिक्षा क्षेत्रका कार्यक्रममा जोड दिनुपर्ने बताउनु भयो । अछामका प्रहरी प्रमुख डिएसपी तुलसीराम अर्यालले प्रहरी जहिले पनि समुदायको साथमा भएकाले हिंसा न्युनिकरणमा सबैको भुमिका अहम रहने बताउनु भयो ।

स्थानिय तहमा न्यायिक समिति, मेलमिलाप कर्ता भएकाले प्रहरीमा आउने मुद्दामा कमि आउनु पर्ने बताउनु भयो । कार्यक्रममा सरकारी वकिल कार्यालयका प्रमुख कौशल ढुगांना, जिल्ला बार एशोसियसन अछामका अध्यक्ष कृष्णप्रसाद ढुगाना, जिल्ला स्थित महिला अधिकारकर्मी, पत्रकारको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण ईन्सेक अछामका प्रतिनिधि शिवराज ढुगांनाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.