शैक्षिक क्षेत्रमा हुने बेतिथि अन्त्यका लागि अनेरास्ववियु बाघ हुनुपर्छ: विद्यार्थी फाँट ईन्चार्ज रावल

Kirci Gyan Kendra

अछाम बहुमुखी क्याम्पस मंगलसेनमा अनेरास्ववियुको ८ औं क्याम्पस समेलन सम्पन्न भएको छ। अनेरास्ववियु मंगलसेन नगर कमिटी सह- संयोजक भोजराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अछामका सचिवालय सदस्य एवं बिध्यार्थी फाटँ ईन्चार्ज भिम बहादुर रावल (कालोटोपी) रहनु भएको थियो ।

Samajik New Add 2082
Saud Agro Kailash

प्रमुख अतिथि रावलले शैक्षिक क्षेत्रमा हुने बेतिथि अन्त्यका अनेरास्ववियुका विद्यार्थी अग्र स्थानमा हुनुपर्ने बताउनु भयो । हरेक परिवर्तन विद्यार्थीबाट सम्भव भएकाले एकबद्ध भएर सामाजिक र शैक्षिक अभियानमा अघि बढन आग्रह गर्नु भयो ।
लोकतन्त्र, गणतन्त्र ल्याउनका लागि विद्यार्थी संगठन सडक आन्दोलनमा उत्रेको स्मरण गराउदै अबको यात्रा शैक्षिक जागरण भएकाले यसतर्फ अघि बढन आग्रह गर्नु भयो ।

कार्यक्रममा अनेरास्ववियु स्थायी कमीटी सदस्य डम्बर बिसी, केन्द्रिय सचिवालय सदस्य निरक शाही, केन्द्रिय कमिटी सदस्य सिद्ध प्रसाद ढुंगाना, प्राध्यापक धन केसी, अनेरास्ववियु जिल्ला कमिटी सदस्य जगत भण्डारी, जगत वड लगाएतका अतिथि रहनु भएको थियो । विद्यार्थीको भेलाले दिपक वयकको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ ।

जसमा उपाध्यक्ष देवसरा भण्डारी, सचिव लोकसरा सुनार, सह-सचिव डम्मरा साँउद, अस्मिता भण्डारी, कोषाध्यक्ष भावना शाही लगाएतका सदस्य रहेका छन । कार्यक्रमको संचालन अनेरास्ववियु जिल्ला कमिटी सदस्य रिदम बिसीले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.