युवाका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध छः कानुन मन्त्री जोशी
युवाको अर्थपुर्ण सहभागीताका कार्यक्रमलाई जोड दिन्छौः राज्यमन्त्री साउद

सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनी मन्त्री पुर्णा जोशीले युवाका समस्या समाधानका लागि प्रदेश सरकार अघि बढिरहेको बताउनु भएको छ । सरकारले गर्ने हरेक कामको उपलब्धीका लागि युवाको सहभागिता बिना सम्भंव नएकाले युवालाई हरेक क्षेत्रमा जोडदै जाने बताउनु भयो । कोरोनाको संक्रमण जोखिमपछी प्रदेशका थुप्रै युवा बेरोजगार बन्दै गाउमा फर्केकाले स्वरोजगारका कार्यक्रममा कसरी अगाडी बढाउने भन्ने बिषयमा आफु र आफ्नो सरकार चिन्तित भएकाले योजनाका साथ अघि बढने प्रतिबद्धता जनाउनु भयो ।

युवा संस्थाले कैलालीको Youth Initiative संस्थासँग सहकार्य गर्दै अछाम, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा संञ्चालन गरेको Youth with Migrant Workers for Adocacy and Accountability परियोजनाको समिक्षा कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै मन्त्री जोशिले कोरोनाको संक्रमण तथा जोखिमको समयमा ३ वटै तहका सरकारलाई जिम्मेवार बनाउन युवा संस्थामा आबद्ध युवाले अग्रणी कार्य गरेकोमा प्रसंशा गर्नु भयो । जसरी सुरुवात देखि काम गरेर समापनसम्म सम्मान भएको छ त्यही अनुसार आगामी दिनमा दायित्व बोध गर्न समेत सबै युवालाई आग्रह गर्नु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथी प्रदेश सरकारका सामाजिक बिकास राज्य मन्त्री मना कुमारी साउदले सरकारले सिमीत मात्रामा मात्र नभई अर्थपुर्ण सहभागीताको नितिलाई अविलम्बन गर्दै गरेकाले युवाका हरेक समस्या र अवसरलाई प्राथमिकतामा राखेको बताउनु भयो । समाज परिवतर्नको बाह युवा भएकाले कार्यक्रम ब्याबस्थापन सहीत निति तथा कार्यक्रममा समाबेश गर्दै लैजाने बताउनु भयो । यस आर्थिक बर्षमा समेत प्रदेशका करिब ३ हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य राखिएकाले विभिन्न तालिम समेत संचालन गर्ने जानकारी गराउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव हिमकर्ण विकले कोरोनाको समयमा हरेक युवाका समस्यालाई उजागर गर्दै सरकारले जिम्मेवार बनाउन अग्रणी भुमिका खेलेको बताउनु भयो । विदेशबाट फर्केका युवाका समस्यामा सरकार संवेदनशिल बन्न समेत सुझाव दिनु भएको थियो ।
युवा संस्थाका महासचिव उर्जा हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य टेक बहादुर रैकाले सरकारका हरेक सदनमा आफुले युवाका माग उठाउने गरेको बताउनु भयो । आगामी दिनमा समेत नियमीत आवाज उठाउदै जाने बताउनु भयो ।
कार्यक्रममा धनगढी उपमहानगर पालिकाका कार्यपालिका सदस्य प्रेम विकले कोरोनाका कारणले रोजगार गुमाएर गाउ फर्केका युवालाई पशु र कृषिका कार्यक्रममा जोड्दै अनुदान दिईदै आएको बताउनु भयो । कार्यक्रममा कैलाली र कञ्चनपुरबाट सहभागी युवाले युवाका लागी प्रदेश सरकारले बनाएका निति तथा कार्यक्रमका बारेमा अतिथीलाई जिज्ञासा राखेका थिए ।
सोही कार्यक्रममा युवा संस्थाको सहयोग विभिन्न संचालनमा साथ दिएका सुदुरपश्चिमका संस्थाले गरेका कार्यको प्रगती, १३ महीनाको अवधिमा भएको उपलब्धी सहितको प्रस्तुती युवा संस्थाका अनुसन्धान प्रमुख अनुज भण्डारीले जानकारी गराउनु भएको थियो ।कार्यक्रममा अछाम, डडेल्धुरा, कैलाली र कंञ्चनपुरबाट प्रतिनीधीत्व गदै Youth Advocate ले स्थानिय तहसँग काम गर्दै जादा प्राप्त अनुभवन समेत आदान प्रदान गरेका थिए । Youth Advocat ममता भट्ले सहजिकरण गर्नु भएको छलफल कार्यक्रमको संञ्चालन युवाका संस्थाका सिनियर कार्यक्रम अधिकृत अनु डगोलले गर्नु भएको थियो ।

