मंगलसेन नगरपालिकालाई मेरी स्टोप्स लेडिज हस्तान्तरण

अछाम १३ पौषः

मेरी स्टोप्स लेडिज हस्तान्तरण कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । सुनौलो परिवार नेपाल/ मेरी स्टोप्स ईन्टरनेशनलको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा परियोजनाका विषयमा जानकारी गराईनुका साथै परियोजनाले जिल्लामा गरेका गतिविधि प्रस्तुत गरिएको थियो ।
कार्यक्रम फेजआउट भएपछी त्यहाँको जनशक्ति -मेरी स्टोप लेडिज_ लाई नगरपालिकाले व्यावस्थापन गर्ने भनी सम्झौता भए अनुसार जनशक्ति र कार्यालय सामग्रीहरु नगरपालिकालाई हस्तान्तरण समेत गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, जिल्ला अस्पताल अछामका मे.सु. डा. सोनाली बास्कोटा, नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख, महिला स्वास्थ्य स्वंसेविका लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव चन्द्र प्रसाद ढुंगानाले गर्नुभएको थियो ।

