अनेरास्ववियु मंगलसेन नगरकमिटीको नयाँ नेतृत्व चयन

अनेरास्ववियु मंगलसेन नगरपालिकाको प्रथम नगर सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नगर संयोजक श्यामसुन्दर रावलको अध्यक्षतामा भएको भेलाले अर्जुन बिकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।


जसमा उपाध्यक्ष सृजना रावल, सचिव अस्मिता भण्डारी, सहसचीव भरत जैशी, निराजन रावल, कपिल थापा, कोषाध्यक्ष मनिशा भण्डारी लगाएतका सदस्य रहेका छन ।
सम्मेलनको उदघाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एंव जिल्ला सह इन्चार्ज यज्ञ बोगटी प्रमुख अतिथि र अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष एवम् एमाले यूवा नेता डि बि साउद, एमाले प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिना, जिल्ला कार्यवाहक अध्यक्ष नन्द बहादुर कडायत बिशिस्ट अतिथि रहनु भएको थियो ।
अन्य अतिथिमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा विद्यार्थी फाँट ईन्चार्ज भिम बहादुर रावल, अनेरास्ववियु केन्द्रीय अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं सुदुरपश्चिम प्रदेश सह इन्चार्ज डम्बर बिसी लगाएतका अतिथि रहनु भएको थियो ।

