अछामका ७७ वडामा एमालेको प्रतिनिधि छनोट, बाकी १४ वडामा भोलि टुंगो लाग्ने

Kirci Gyan Kendra

नेकपा एमाले अछामले जिल्लाका ९१ वटा वडा मध्ये ७७ वटा वडाबाट प्रतिनिधि छनोट सर्वसम्मत सम्पन्न गरेको छ । मंगलसेन नगरपालिकाका १२, साँफेबगर नगरपालिकाका १३, कमलबजार नगरपालिकाका ८, पंन्चदेवल विनायक नगरपालिकाका ६ वडाबाट जिल्ला अधिबेशनका लागि प्रतिनिधि टुंगो लागेको बताईएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

यस्तै तुर्माखाद गाउपालिकाका ८, मेल्लेख गाउपालिकाका ८, रामारोशन गाउपालिका ७, ढकारी गाउपालिकाका ६, बान्निगढी जयगढ गाउपालिकाका ६ र चौरपाटी गाउपालिकाका ३ वटा वडामा टुंगो लागेको एमाले अछामका कार्यालय सचिव लिलाराज केसीले जानकारी दिनु भयो ।

बाकी १४ वडामा प्रतिनिधि छनोट कार्य जारी रहेकाले भोलिसम्म टुंगो लागिसक्ने केसीले बताउनु भयो । नेकपा एमाले अछामको आठौं जिल्ला अधिबेशन पौष २३ गतेबाट सुरु हुदैछ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.