अछाममा सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्धार गरियो

Kirci Gyan Kendra

अछाममा सुत्केरी पछि स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि एक महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको ढकारी गाउपालिका वडा नम्बर ७ निवासी लक्ष्मण ढोलीकी १७ बर्षिया श्रीमती गौरी नेपालीको ६ दिन अगाडी घरमै सुत्केरी भई स्वास्थ्यमा समस्या बढदै गएपछी जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएपछी हेलिकप्टर मार्फत प्रदेश क्षेत्रिय अस्पताल कालागाउ सुर्खेतमा आज दिउँसो हेलिकप्टर मार्फत उद्धार गरेर पठाईएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले बताउनु भयो ।

Samajik New Add 2082
Saud Agro Kailash

१२ गते घरमै ब्याथा लागेकी गौरीको कोखबाट १३ गते मृतक बच्चा जन्मेको थियो । कम उमेरमा बच्चा जन्माउनुका कारण महीलाको स्वास्थ्यमा प्रेसर र अक्सिजनको मात्रा न्युन हुदै गएकाले जिल्ला अस्पतालमा करिब १ हप्तापछी मात्रै पठाउदा समस्या आएको जिल्ला अस्पताल अछामका सुचना अधिकारी गंगा बुढामगरले बताउनु भयो ।

उहाँका अनुसार रगत र अक्सिजनको मात्रा कम हुदै जादा महीला काप्दै गएपछी परिवारले उपचारका लागी स्वास्थ्य संस्थामा लैजानुको साटो झारफुकमा लाग्दा स्वास्थ्यमा थप समस्या आएको बताउनु भयो । हिजो राती मात्र परिवार स्थानिय सामुदायिक स्वास्थ्य केन्द्रको सम्पर्कमा आएकाले हिजो राति नै जिल्ला अस्पताल पठाईएको उहाँले बताउनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.