मंगलसेन नगरपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समिक्षा

Kirci Gyan Kendra

अछाम, २२ पौषः

Samajik New Add 2082

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत किशोरीहरुलाई आईरन तथा फोलिक एसिड खुवाउने सम्वन्धि पालिका स्तरिय समिक्षा कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । मंगलसेन नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा सेवक नेपाल सुआहारा कार्यक्रमको समन्वयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा मंगलसेन नगरपालिकाभीत्र संचालित विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समिक्षा गरिनुका साथै स्वास्थ्य तथा पोषणका विविध पक्षमा छलफल गरिएको छ । किशोरीहरुलाई आईरन तथा फोलिक एसिड खुवाउने सन्दर्भमा पनि समिक्षा कार्यक्रममा छलफल गरिएको थियो ।

Saud Agro Kailash

त्यसअघि समिक्षा कार्यक्रमको एक समारोहका विच उदघाटन समेत गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा भएको उदघाटन समारोहमा नगरप्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले शिक्षा र स्वास्थ्य राम्रो भएमा मात्रै समाज राम्रो हुने बताउनुभयो । शिक्षक र स्वास्थ्यकर्मीहरु निरन्तर जनताको माझमा हुने भएकोले जनताका समस्या बुझ्ने पहिलो व्यक्ति भएको उल्लेख गर्दै उहाँले आफुले दिने सेवालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्यायले मन्तव्य राख्नुभएको थियो भने नगरको स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो । उदघाटन कार्यक्रममा नगरपालिकाका शिक्षा अधिकृत जगत रावल, सुआहारा कार्यक्रमका संयोजक लोक बहादुर नेपाली लगायतका अतिथि रहनुभएको थियो ।

समिक्षा कार्यक्रममा नगरपालिका भीत्रका सबै स्वास्थ्य संस्थाका प्रमुखहरु तथा नगरको शिक्षा र स्वास्थ्य शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सुआहारा कार्यक्रमका संयोजक लोक बहादुर नेपालीले गर्नुभएको थियो । समिक्षा कार्यक्रमको उदघाटन कार्यक्रमको संचालन स्वास्थ्य शाखाका सिनियर अहेव चन्द्रप्रसाद ढुंगानाले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.