काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन, यी हुन सदस्य

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । सभापति शेरबहादुर देउवाकाे निर्देशनमा महामन्त्री गगन थापालाई बैठकमा २४ जनाको नाम अनुमोदनका लागि प्रस्ताव गरेका थिए । बैठकले उक्त नाम सर्वसम्मत रुपमा अनुमोदन गरेपछि सम्पादन समिति गठन भएको हो । काँग्रेस विधान अनुसार ४६ सदस्यीय सम्पादन समिति बन्ने भएपनि आज पदाधिकारीसहित ३७ जनालाई मात्र समेटिएको हो ।

Samajik New Add 2082

सभापतिले ३१ जना केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा राख्ने पाउने व्यवस्था छ । तर आज उनले २४ जनालाई मात्र कार्यसम्पादन समिति सदस्य बनेका छन् । २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी रहेकाले देउवाले कार्यसम्पादन समितिलाई पूर्णता नदिएको पाइएको छ ।

यी हुन् कार्यसम्पादन समिति सदस्य

कार्यसम्पादन समितिमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन सदस्य रहने छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापतिहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छदार र प्रकाशमान सिंह सम्पादन समिति सदस्य बनेका छन् ।

यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अजुर्ननरसिंह केसी, प्रकाशशरण महत र सुनिलबहादुर थापा पनि कार्यसम्पादन समिति सदस्यमा समेटिएका छन् ।

केन्द्रीय सदस्यहरूबाट शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जीप छिरिङ लामा, पद्मनारायण चौधरी, उमा रेग्मी , एनपी साउद, सुजाता कोइराला, आनन्द ढुंगाना र जीवनबहादुर शाही कार्यसम्पादन समिति भएका छन् ।

Leave A Reply

Your email address will not be published.