एमाले साँफेबगर नगर कमिटिको कार्यकर्ता भेला सम्पन्न
एमसिसि विरुद्ध पनि कोण सभा
रमन भट्ट, २८ भदौं साँफेबगर ।
नेकपा एमाले साँफेबगर नगर कमिटिको अगुवा कार्यकर्ता भेला सोमबार साँफेबगरमा सम्पन्न भएको छ । नगरका १४ वडाका अगुवा कार्यकर्ता सुभेक्षम शुभचिन्तकहरुको उस्थितीमा भेला सम्पन्न भएको हो ।

भेलामा बोल्ले सबैले पार्टी अप्ठेरोमा भएकाले जोगाउन कार्यकर्ता लाग्नु पर्नेमा जोड दिनुभएको थियो । पाटी यो अवस्थामा आउनमा कुनै विचारको लडाई नभएकाले मनमा कुन्ठा नराखि यताउता लागेका साथीहरुले पनि पुर्नविचार गरि पार्टीमा फर्कन आग्रह गरे ।

वोल्ने अधिकांश बक्ताहरुले फुटको पिडा व्यहोरी सकेकाले अब हामी फुटको पक्षमा लाग्दैनौं बरु पार्टी भित्रका अत्रसंघर्षहरुलाई सामना गर्दछौं । भेलाको अध्यक्षता नगर कमिटिका उपाध्यक्ष उजिर सिंह साउँदले गर्नु भएको थियो भने प्रमूख अतिथी प्रदेश कमिटी सदस्य तथा संविधानसभा सदस्य भरत साउँद रहनु भएको थियो ।
कार्यक्रमममा स्वागत मन्तब्य दुधकला ष्टिले गर्नुभएको थियो भने संचालन नगर कमिटी सचिव चक्र सुनारले गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
एमसिसिका विरुद्धमा कोण सभाः

एमसिसिका विरुद्धमा जिल्लाको साँफेबगरमा नारावाजी सहित कोण भएको छ । नेपाली जनताको अहित हुनेगरी आउन लागेको एमसिसि राष्ट्र हित विपरित भएको भन्दैं नारावाजी सहित बजार परिक्रमा गरी साँफेबगरमा कोण सभा भएको हो ।
र् याली नेकपा एमाले निकट यूवा संघ र अनेरास्ववियूले निकालेको हो । र् यालीमा एमसिसि क्यान्सर हो,एमसिसि चाहिदैन,देश बेच्न पाईदैन,देश बेच्ने दलाल होसियार लगायतका नारा लगाईएका थिए ।
र् यालीको नेतृत्व यूवा संघ नेपाल अछामका अध्यक्ष हिरिण्ड कुंवर र अनेरास्ववियूका नेता भिम वडाहितले गरेका थिए । र् याली पछिको कोण सभालाई एमालेका नेता कमल तिमिल्सैनाले सम्बोधन गरी धन्यवाद सहित समापन गर्नुभएको थियो ।
