मेल्लेख ३ ठाँटीलाई बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि सरोकारवालाद्धारा अनुगमन

Kirci Gyan Kendra

मेल्लेख गाउँपालिका वडानम्वर ३ ठाँटीलाई बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि जिल्ला स्थित सरोकारवालाहरुको अन्तिम अनुगमन कार्यक्रम सम्पन्न भएको छ । अनुगमन टोलिले वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि सबै प्रक्रिया पुरा भएको निष्कर्ष निकालेको छ ।

Samajik New Add 2082

वडानम्वर ३ का अध्यक्ष तथा बालमैत्री स्थानीय शासन वडा समितिका संयोजक केशर बहादुर शाहको अध्यक्षतामा भएको अनुगमन पश्चातको बृहत छलफल कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवर प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख कुवरले वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्र मात्रै नहुने भन्दै घोषणा पश्चात निरन्तरता र दीगोपनाका लागि ध्याँन दिन जरुरी रहेको बताउनुभयो ।

अनुगमन टोलिले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि पुरा गर्नुपर्ने ३९ वटा सूचकहरुहरुको प्रगतीबारे समिक्षा समेत गरेको छ । अनुगमन गर्दा प्रगती सन्तोषजनक रहेकोले वडालाई घोषणाका लागि जिल्ला समन्वय समितिले सिफारिस गरेपश्चात घोषणा गर्न सकिने निष्कर्ष निकालिएको छ ।

Saud Agro Kailash

कार्यक्रमका बालमैत्री स्थानीय शासनका लागि आवश्यक सूचकहरुको समग्र प्रगतिबारेको प्रस्तुति नरपती रावलले राख्नुभएको थियो । कार्यक्रममा स्वास्थ प्रतिबेदन प्रश्तुती तथा स्वागत मन्तव्य स्वास्थ चौकी ईञ्चार्ज नरेन्द्र बहादुर शाहले  राख्नुभएको थियो ।  यस्तै कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि सुझाव तथा राय प्रस्तुति जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी उमाकान्त जोशी, पत्रकार महाँसंघ अछामका उपाध्यक्ष गिता कुवर लगायतले राख्नुभएको थियो ।

अनुगमन टोलिमा आस्था नेपालका जिल्ला प्रवन्धक रुपक चन्द र वर्ल्ड भिजनका प्रतिनिधि मंगल शाह सहित जिल्ला स्वास्थ्य कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, सामाजिक विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, मेल्लेख गाउँपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा, सामाजिक विकास शाखाका प्रमुख प्रतिनिधिको सहभागीता रहेको थियो ।

वर्ल्ड भिजनको साझेदारी तथा आस्था नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न लागिएको छ । सो अनुगमन तथा बृहत छलफल कार्यक्रमको सहजिकरण आस्था नेपाल्का फिल्ड अधिकृत भ्वानसिंह सार्किले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव गोविन्द रावलले गर्नुभएको थियो ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.