साँफेबगरमा जनप्रतिनिधि र कर्मचारीले स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्ने


साँफेबगर नगरपालिकाले सबै जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य बिमा कार्ड अनिवार्य गरेको छ । नगर कार्यपालिकाको नवौं बैठकले नगरका सबै जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो विमा गरेकै हुनुपर्ने निर्णय गरेको हो ।
नगरप्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा भएको बैठकले फागुन १५ भित्र सबै जनप्रतिनिधि र कर्मचारीले म्वन्धित वडा र शाखा मार्फत स्वास्थ्य बिमा गरेको प्रतिलिपि अनिवार्य प्रशासन शाखामा बुझाईसक्नुपर्ने निर्णय गरेको छ ।
स्वास्थ्य बिमा गरेको कार्डको प्रतिलिपि नबुझाउनेहरुको सेवा सुबिधा रोक्ने निणय समेत गरिएको नगरप्रमुख कुल बहादुर कुवले बताउनुभयो । बैठकले अन्य निर्णयहरु पनि पारित गरेको उहाँको भनाई छ ।
नगरमा सेवा लिन आउने सबै सेवाग्राहीलाई पनि स्वास्थ्य बिमामा प्राेत्साहित गर्ने, अनिवार्य बिमा गरेकाे हुनुपर्ने र व्यावसाय कर अनिवार्य तिरेकाे हुनुपर्ने निर्णय समेत गरिएको नगरप्रमुख कुवरले बताउनुभयो ।
बैठकमा उप–प्रमुख बिर्मलादेवि बुड्थापा, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद शर्मा, सबै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो ।
