मंगलसेनका सबै बालविकास सहजकर्तालाई पुनर्ताजगी तालिम प्रदान
प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताका लागि पुर्नताजगी तालिम मंगलसेनमा सम्पन्न भएको छ । मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा तालिम संचालन भएको थियो ।
कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनकोलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाएर तालिम २ चरणमासंचालन गरिएको थियो । पहीलो चरणमा वडा नम्बर १ देखी ७ सम्म र दोस्रो चरणमा वडा नम्बर ८ देखी १४ सम्मका सहकजर्ताका लागी दुई-दुई दिन पुर्नताजगी तालिम प्रदान गरिएको थियो ।
दोस्रो चरणको तालिम समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख जगत बहादुर रावलको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि नगरप्रमुख पदमबहादुर बोहरा रहनुभएको थियो । समापन कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय र शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरी बिशिष्ट अतिथि रहनुभएको थियो । यस्तै कार्यक्रममा शिक्षाका लागि खाद्य कार्यक्रमका विद्यासागर महत अतिथि रहनुभएको थियो । तालिम समापनमा प्रमुख अतिथि, बिशिष्ट अतिथि लगायत अतिथिहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै प्रारम्भिक वालविकास र वालशिक्षालाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
तालिममा प्रारम्भिक बालविकासको उद्देश्य, अवधारणा, महत्त्व आदीबारे प्रशिक्षीत गरिनुका साथै प्ररम्भिक बालविकास पाठ्यक्रम सिकाइ व्यवस्थापन सिकाइका ६ कुनाबमारे जानकारी र दैनिक कार्य योजना तथा वार्षिक कार्ययोजना निर्माणका लागि सहभागीलाई उत्प्रेरित गरिएको मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले बताउनुभयो ।
तालिमको सहजिकरण शिक्षा शाखा प्रमुख रावल र सेतो गुराँस बालविकास सेवा अछामका कार्यक्रम संयोजक मिना ढुंगानाले गर्नुभएको थियो । ३१ जना बालविकास सहजकर्ताको सहभागीता रहेको दोस्रो चरणको पुनर्ताजगी तालिम समापन समारोहको संचालन शिक्षा शाखाका प्रमविधिक सहायक दिपक बहादुर भण्डारीले गर्नुभएको थियो ।