बान्नीगढीमा नमूना युवा संसदीय अभ्याँस

युवाहरुलाई सहयोग गर्न तयार रहेकोः अध्यक्ष खड्का

Purnima Mobile
Kirci Gyan Kendra

अछामः

Samajik New Add 2082

पालिका स्तरिय नमूना युवा संसद अछामको बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ । यहि माघ २६ देखी गाउँपालिकामा सुरु भएको नमूना युवा संसदको शनिबार समापन गरिएको हो ।

Mellekh RM1

बान्नीगढी जयगढ गाउँपालिकाको आयोजना तथा जिल्ला युवा समिति अछामको सहजिकरणमा भएको नमूना युवा संसदको समापन कार्यक्रममा वडानम्वर २ का अध्यक्ष नेत्र साउदले अध्यक्षता गर्नुभएको थियो भने गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले युवाहरुका निम्ति युवा स्वरोजगार लगायत विभिन्न कार्यमा सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनु भयो । राष्ट्रिय युवा परिषद केन्द्र, प्रदेश र जिल्ला सम्म आइपुग्दा बान्नीगढी जयगढ गाउँपालिकामा स्वागत गर्न कुनै कन्जुसाइ नगरेको उल्लेख गर्नुभयो ।

Saud Agro Kailash

आर्थिक अवस्था कम्जोर भएका युवा बिद्यार्थीका लागि गाउँपालिकाले सहयोग गर्दै आइरहेको बताउदै आफ्नै ठाउमा स्वरोजगार बन्न चाहाने युवाहरूलाई युवा उधमी सहुलियत कर्जा समेतको व्यवस्था गरेको बताउँनुभयो ।

कार्यक्रमका अन्य अतिथिमा राष्ट्रिय युवा परिशद अछामका अध्यक्ष लिलाराज केशि, बान्नीगढी जयगढ गाउँपालिकाका लेखा प्रमुख नारद प्रसाद खनाल, सूचना प्रविधि अधिकृत रिन्कु कुमार लगायत रहनुभएको थियो । नमूना युवा संसदका सहभागीको तर्फबाट पुजा शाह र बिक्रम साउद्ले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि खड्का लगायत अन्य अतिथिहरुले सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको समापन कार्यक्रमको संचालन स्वास्थ शाखाका वसन्त राज जोशीले गर्नुभएको थियो ।

४ दिनसम्म नमूनाको रुपमा संसदिय अभ्याँस गरेका सहभागी युवाहरुको सो कार्यक्रमबाट गाउँपालिका स्तरिय ११ सदस्यीय युवा संसद गठन गरिएको छ । जसको अध्यक्षमा अध्यक्ष पुजा शाह, उपाध्यक्षमा विशाल कुवर, सचीवमा बिक्रम साउद र कोषाध्यक्षमा अन्जु रावल लगायत अरु सदस्य रहनुभएको त्यहाँबाट देवेन्द्र थापाले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.