५ बर्षको अवधिमा सोचे अनुरुप काम गर्न सकिएन: मनपा ५ अध्यक्ष ढुगांना
मंगलसेन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष हरि प्रसाद ढुगांनाले चुनावताका बेला जनताको माझमा गरेका सबै प्रतिबद्धता पुरा गर्न नसकीएको बताउनु भएको छ । वडाको टोल टोलमा जनताको घरदैलोमा चुनावको बेला जादा गरेका प्रतिबद्धता अनुरुप कतिपय पुरा भएपनी कतिपय अधुरै रहेको बताउनु भयो ।
मंगलखबरसँग कुरा गर्दै अध्यक्ष ढुगांनाले ३ तहको सरकार आएर स्थानिय सरकारलाई सिंहदरबार भनेपनी अझैपनी वडा सरकारलाई अधिकार दिन नसकेका कारण यस्तो अबस्था आएको बताए । समग्र सिमान्तकृत समुदाय र युवालाई रोजगार दिने योजना भएतापनी आर्थिक अधिकार, योजना छनोट गर्ने, आफै बजेट बाँडफाँडको जिम्मा वडा अध्यक्षलाई नदिदा सोचे अनुसार अनुसार काम नभएको बताउनु भयो ।

तर पनी ५ बर्षको अवधीमा सिचाई, घर घरमा खानेपानीको धारा, सडक बिस्तार, कृषि क्षेत्रमा लगानी जस्ता जनताका आधारभुत आवश्यकता वडा तहबाट पुर्ति भएका अध्यक्ष ढुगांनाले जानकारी दिनु भयो । वडामा बजेट पारदर्शिताको बिषयमा जानकारी दिदै अध्यक्ष ढुगांनाले यसको सबै जिम्मा नगरपालिकाको भएको बताए ।
आफुहरुको नाममा कुनै खाता पनी नहुने र योजनाको अनुगमन सहीत मुल्याकन गरेर मात्र बजेट निकासा हुने भएकाले वडाहरु पुर्ण रुपमा पारदर्शि रहेका जानकारी दिए । आगामी दिनमा अझैपनी जनतालाई स्थानिय सरकारका ऐन तथा कानुनका बारेमा जानकारी दिन आवश्यक रहेको बताउनु भयो । नागरिकको सक्रिय सहभागीताका लागी तालिम, सभा तथा सेमीनार नगर तहबाट हुनुपर्ने र सबैले सचेत सजग भएर अघि बढनु पर्नेमा जोड दिनु भएको छ ।
महिला, दलित तथा सिमान्तकृत वर्गलाई उपभोक्ता समितीमा राखेतापनी बिल विजकहरु फरफार गर्ने कार्यमा टाढाबाठा वर्गको नै पहुच भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनु भयो । हरेक वर्गलाई अधिकार सम्पन्न तथा शुसुचित पार्न आवश्यक रहेको समेत जोड दिनु भयो ।
