नेराशि संगठन अछामको अधिबेशन फागुन २७ र २८ गते हुने

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति अछामको अधिवेशन फागुन २७ र २८ गते हुने भएको छ । जिल्ला समिति अध्यक्ष जानकी बोहराको अध्यक्षतामा बसेको बैठकले अधिवेशन सफल पार्नका लागि आर्थिक, सांगठनिक प्रतिवेदन तयार पार्ने र सेवा निवृत्त शिक्षक तथा पुर्व अध्यक्षलाई सम्मान गर्ने लगाएतका निर्णय गरिएका जिल्ला सचिव सर्पराज रिमालले जानकारी दिनु भयो ।

संगठनका सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष नर बहादुर रावल प्रमुख अतिथि र सल्लाहकार संयाेजक रत्न प्रसाद ढुगांना बैठकमा विशिष्ट अतिथि रहनु भएको थियो । बैठकमा उपाध्यक्ष गिता ढुगांना, काेषाध्यक्ष कृष्ण बिक, शिक्षक हित तथा बचत ऋण सहकारी संस्थाका काेषाध्यक्ष धन कुमार केसी तथा समितिका सदस्यकाे सहभागीता रहेको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.